भारतको एचडिएफसी बैंकद्वारा १५५० प्रतिशत लाभांश प्रस्ताव, ११ वर्ष यता कै उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 10:45:59 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको एचडिएफसी बैंकले ११ वर्ष यता कै उच्च लाभांश दिने भएको छ । बैंकले प्रति कित्ता शेयर १५ रुपैयाँ ५० पैसा नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको शेयरको फेस भ्यालु अर्थात् अंकित मूल्य १ रुपैयाँ रहेकोले बैंकले प्रस्ताव गरेको १५.५९ पैसा लाभांश दर, प्रतिशतको हिसाबमा १५ सय ५० प्रतिशत हुन आउँछ । बैंकले मार्च ३१, २०२२ मा सम्पन्न आर्थिक वर्षको मुनाफाबाट यो लाभांश प्रस्ताव गरेको हो । बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश बितरण हुने छ ।

बैंकले ११ वर्ष यता कै उच्च लाभांश प्रदान गरेको लाइभमिन्टले उल्लेख गरेको छ । लाइभमिन्टका अनुसार बैंकले सन् २०११ मा प्रति शेयर १६ रुपैयाँ ५० पैसा अर्थात् १६५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

एचडिएफसी भारतको निजि क्षेत्रको सबैभन्दा ठूलो बैंक हो । यो बैंकले हालै मात्र आफ्नो माउ कम्पनी एचडीएफसीसँग मर्जरको लागि सम्झौता गरेको छ । घर कर्जा दिने भारतको सबै भन्दा ठुलो कम्पनी एचडीएफसी आफ्नो सहयोगी कम्पनी अर्थात एचडीएफसी बैंकमा गाभिने भएको हो।  दुवै संस्थाको संचालक समितिले यस मर्जर तथा प्राप्तिलाई स्वीकृति दिएको छ। प्राप्ति सम्झौताअनुसार अब एचडीएफसीका प्रत्येक सेयर होल्डरले आफुसंग भएको २५ कित्ता सेयर बराबर एचडीएफसी बैंकको ४२ कित्ता सेयर पाउनेछन। यो भारतीय कर्पोरेट इतिहासमा सबै भन्दा ठुलो सम्झौता मध्ये एक हो। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved