नेपाल आइपुगे टर्कीका विश्व चर्चित अभिनेता दुज्यातान, पोखरामा भब्य स्वागत गरिंदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 10:22:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पर्यटन प्रवर्दनमा सहयोग पुर्याउनका लागि टर्कीका विश्व चर्चित अभिनेता इन्गिनअल्तान दुज्यातान (अर्तुगुल गाजी) नेपाल आइपुगेका छन्। पर्यटन मन्त्रालयको निमन्त्रणामा उनी आज नेपाल आइपुगेका हुन्। 

आज बैशाख १९ गते टर्की एयारलांइसबाट दिउसाे १२ बजे उनी काठमाडाैं विमानस्थलमा ओर्लिएका हुन्। टर्कीका अभिनेता  दुज्यातानकाे साथमा आठ जनाकाे टाेलि नेपाल आएको छ। 

तीन दिने नेपाल भ्रमणमा रहेका उनी बैशाख २० गते पाेखरा जाने कार्यत्रम रहेकाे छ। बैशाख २० गते पाेखरा एर्पाेटमा ११ः ५० उनको स्वागत कार्यक्रम रहेको छ।  

टर्की–नेपालको पर्यटन प्रवर्द्धन तथा कोभिड पछाडिको पर्यटन उद्योगलाई माथि उकास्नका लागि भए पनि अभिनेता दुज्यातान नेपाल आउँदा निकै फाइदा हुने  संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बताएका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय  राष्ट्रिय पर्यटन र  राष्ट्रिय पर्यटन पुनरूत्थान  प्राविधिक समितिले  नेपालको पर्यटन प्रवर्द्धनका लागि   टर्कीका पर्यटक नेपाल भित्र्याउनका लागि आफूहरू चर्चित अभिनेता दुज्यातान ( एर्तुग्रुल गाजि )लाई नेपाल ल्याउने लागेकाे समितिका  संयाेजक राजा राम गिरीले  जानकारी दिएका छन्। 

टर्कीकाे आठ सय वर्ष पूरानाे राजनितिक घट्नामा  त्रममा आधारित  टेलिफिल्म 'अर्तुगुल गाजी' मा इन्गिनअल्तान दुज्यातान मुख्य कलाकारको भूमिकामा रहेका छन्।  

यहि सिरियल मार्फत नै उनी विश्वभर चर्चित हुन पुगेका हुन्। अर्तुगुल गाजी सिरियललाई विश्वका धेरै भाषाहरुमा अनुवाद गरिएको छ। यो टेलिफिल्म विश्वभर सर्वाधिक हेरिने मध्ये पर्दछ। युटुवमा सबै भन्दा बढि डलर कमाउने टेलिफिल्म रूपमा परिचित एर्तुग्रुल गाजि  रहेकाे छ ।

जव उनगिनअल्टान दुज्यातानले एर्तुग्रुल गाजि नाम टेलिफिल्ममा अभिन्यका रूपमा देखा परे । गत वर्ष  गुग्लमा सर्वाधिक खाेजि गरिएकाे नाम उनगिनअल्टान दुज्यातानकै  रहकाे छ ।

उनगिनअल्टान दुज्यातानअभिनेताका रूपमा देखा  परेपछि उनका फ्यन र फ्ल्वसहरू  फेसबुक तथा इन्स्टाग्राम मिलिनियन छन् । उनलाई  वृद्धा, युवा र बालबालिकाले समेत रूचाउने गर्दछन् ।  विश्वका  प्राय सबै देशमा  उनगिनअल्टान दुज्यातानका फ्यान र फ्ल्वसहरू रहेका छन् । यूराेपमा मात्र हाेइन नेपाल, भारत, पाकिस्तान भुटान, चाइना लगाएत देशमा पनि रहेकाछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved