चीनको सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2022 | 01:17:03 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन् ।

सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन् ।

अधिकारीहरुले यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय संक्रमित भने रहेका बताएका छन् ।

यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना संक्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो ।

यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका संक्रमितहरु घट्दै गएको बताएका हुन् ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved