भारतीय केन्द्रीय बैंकका गभर्नरले बढाए ब्याजदर, शेयर बजारमा भारी गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2022 | 03:37:17 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय केन्द्रीय बैंकले मुख्य ब्याजदर हरु बढाएको छ। केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले रिपो दर, एसएलएफ, सीआरआर लगायतका ब्याजदर बढाएको हो । 

रिजर्भ बैंकका गभर्नर शशिकान्त दासले रिपो रेट ४ प्रतिशतबाट बढाएर ४.४० प्रतिशत पुर्याईएको, सीआरआर ४ प्रतिशतबाट बढाएर ४.५० प्रतिशत पुर्याईएको बताएका हुन् ।  बढ्दो महंगाई दर नियन्त्रण गर्नको लागि केन्द्रीय बैंकले ब्याज बढाएको बताईएको छ । केन्द्रीय बैंकले मुख्य ब्याजको दर बढाएपछि ऋणको ब्याज पनि बढ्ने छन् । 

केन्द्रीय बैंकले ब्याजदर बढाएपछि भारतीय शेयर बजारमा भारी गिरावट आएको छ । बिएसई बेन्चमार्क १२९७.६६ अंकले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved