टर्कीको मुद्रास्फीति ७० प्रतिशत पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 02:44:23 PM मा प्रकाशित

laxmi  sunrise bank

टर्कीको आधिकारिक मुद्रास्फीति दर अप्रिलमा लगभग ७० प्रतिशतमा पुगेको राष्ट्रिय तथ्याङ्क एजेन्सीले बिहीबार सार्वजनिक गरेको छ । मुद्रास्फीति दरले राष्ट्रपति रेसेप तैयप एर्डोगनको सरकारलाई ठूलो चुनौती खडा गरेको छ।

उपभोक्ता मूल्य सूचकाङ्क अप्रिलमा वर्षको तुलनामा ६९.९७ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्क अनुसार मार्चमा ६१.१४ प्रतिशतले बढेको छ । यो २० वर्ष यता कै उच्च मूल्य वृद्धि दर भएको बताईएको छ ।

युक्रेन र रसिया युद्दको असर तथा टर्कीको मुद्रा लिराको मूल्यमा भारी गिरावटको कारण टर्कीको मुद्रास्फीति अत्यधिक बढेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved