कतारी राजकुमारी बनिन् कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब महिला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 11:38:08 PM मा प्रकाशित

ntc

कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन्। 

आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरीक हुन पाएकोमा गर्व लागेको बताएकी हुन् । उनले आफ्नो पोष्टमा लेखेकी छन् "म केहि दिन विरामी परेकी थिएं त्येसैले आंटेको हिमाल चढ्न सक्दिन की झैं लागेको थियो । तर, जम्मा दुइ दिनमै भब्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।"

उनले आफ्नो पोष्टमा भनेकी छन्, "हिमाल चढ्न सहज थिएन र यसले मलाइ अझै हिम्मत दिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसंगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।"

 उनले आफ्नो सफलताका पछाडी बलियो टीमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन् । जसमा निम्स दाइ लगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गरेकी छन्।

 विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाइ लगायतका टीमसंग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केहि समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन, जुन सफल हुन सकेको थिएन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved