यस्तो छ मोदीको लुम्बिनी भ्रमण कार्यतालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2022 | 02:30:35 PM मा प्रकाशित

laxmi  sunrise bank

यही जेठ २ गते हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीवार सार्वजनिक गरेको कार्यतालिकामा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा आयोजित प्रार्थना सभामा भाग लिने बताइएको छ

दुवैले गुम्बा क्षेत्रमा बौद्ध सांस्कृतिक तथा सम्पदाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । त्यसपछि दुवै प्रधानमन्त्री लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा गृहमा आयोजित बुद्ध जयन्ती समारोहमा सरिक हुनेछन् ।

विज्ञप्तिअनुसार मोदीलाई परराष्ट्रमन्त्री नारायण खड्काले स्वागत गर्नेछन्

दुवै प्रधानमन्त्रीबीच लुम्बिनीमा द्विपक्षीय छलफल, नेपाल–भारत सहयोग सम्बन्धी समझदारीको आदान–प्रदान र आपसी चासोका विषयमा कुराकानी हुनेछ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो समाजिक–सांस्कृतिक सम्बन्ध थप मजबुत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved