म्याकडोनाल्ड्सले ३० बर्षपछि स्थायी रुपमा रुस छाड्ने निर्णय, कर्मचारीको लागि बिशेष सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2022 | 10:21:13 PM मा प्रकाशित

laxmi  sunrise bank

फास्टफुड कम्पनी म्याकडोनाल्ड्सले स्थायी रुपमा नै रुस छाड्ने निर्णय गरेको छ। उक्त निर्य पश्चात रुसमा रहेको आफ्नो रेष्टुरेन्टहरु बिक्रि गर्न सुरु भएको म्याकडोनाल्ड्सले जनाएको छ। 

म्याकडोनाल्ड्सले गत मार्चमा आफ्नो ८५० आउटलेटहरु अस्थायी रुप मा बन्द गरेको थियो। 

फास्टफुडमा अग्रणी मानिने म्याकडोनाल्ड्सले युक्रेन युद्दका कारण आफ्नो संस्थामा मानिय संकट र काम गर्न कठिन भएको अवस्थाला मध्य नजर गरेर यो निर्णय गरिएको जनाएको छ। 

म्याकडोनाल्ड्सले सन् १९९० मा मस्कोमा आफ्नो पहिलो आउटलेट स्थापना गरेको थियो। सोभियत संघले आफ्नो अर्थब्यवस्थालाई पश्चिमी ब्राण्डसँग जोड्नलाई रुसको मस्कोमा आफ्नो पहिलो आउटलेट स्थापना गरेको थियो। 

रुसको स्थानीय रेष्टुरेन्टहरुलाई आफ्नो आउटलेट बिक्रि गर्ने प्रयास भईरहेको जनाउदै म्याकडोनाल्ड्सले रुसमा आफ्नो ब्रान्ड र मेनुको प्रयोग नगर्नलाई आग्रह समेत गरेको छ। 

यद्दपी रुसमा आफ्नो ट्रेडमार्क यथावत रहने र यसलाई निरन्तरता दिईने कम्पनीले जनाएको छ। आफ्नो प्राथमिकतामा रुसमा रहेका आफ्ना ६२ हजार कर्मचारी पनि रहेको म्याकडोनाल्ड्सको भनाई छ। जबसम्म रुस

मा आफ्ना आउटलेटहरु बिक्रि हुदैनन् र सम्भावित खरिददारबाट आफ्ना रुसका कर्मचारीहरुले जागिर पाउँदैनन तबसम्म म्याकडोनाल्ड्सका रुसका कर्मचारीहरुतलब सुएवा र सुविधा निरन्तरता रुपमा पाउने समेत कम्पनीले स्पष्ट पारेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved