बेलायतले पनि बढायो ब्याज, २७ वर्ष यता कै उच्च वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2022 | 10:24:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बढ्दो महँगीलाई नियन्त्रण गर्ने उदेश्यले बेलायतले पनि ब्याजको दर बढाएको छ । बेलायतको केन्द्रिय  बैंक रहेको बैंक अफ इंग्ल्याण्डले  ब्याजको दर बढाए १. ७५ प्रतिशत पुर्याएको हो। 

बेलायतले पछिल्लो पटक ब्याजको दर ५० बेसीस पोइन्टले बढाएको हो । यो भनेको ०.५ प्रतिशत बढाईएको हो , जुन एकै पटकमा गरिएको २७ वर्ष यता कै ठूलो वृद्धि रहेको बिबिसीले जनाएको छ । 

मुद्रास्फिति दर बढेर १३ प्रतिशत पुगेपछि बेलायतले ब्याज बढाएको हो। डिसेम्बर लागेयता बेलायतमा ६ पटक ब्याज वृद्धि भईसकेको छ । विश्वको अर्थतन्त्रसँगै बेलायतको अर्थतन्त्र पनि खुम्चिदै गएको र यो अवस्था अझैं एक बर्षसम्म रहने अर्थात सन् २०२३ को अन्त्यसम्म रहने अनुमान गरिएको छ।  

बेलायतका गभर्नर एन्ड्रु बैलेले महंगीका कारण दैनिकी धेरै गाह्रो भएको र ब्याजको दर नबढाए अवस्था थप नाझुक हुने भएकाले ब्याजको दर बढाईएको तर्क दिएका छन्। 

उच्च मुद्रास्फिति र न्युनतम आर्थिक वृद्धिको प्रमुख कारण बढ्दो बिद्युतको महशुल, युक्रेनमा रसियाको हस्तक्षेप जस्ता कारणहरु रहेको गभर्नरको भनाई रहेको छ। अहिलेकै अवस्थाले निरन्तरता पाए अक्टुबरसम्म केहि घरधुरीले महिनामा ३०० डलरसम्म विद्युत महसुल तिर्नुपर्ने अवस्था आउँन सक्ने प्रक्षेपण गरिएको छ।  

सन् २००८ मा सबैभन्दा लामो मुद्रास्फिति चलेको र त्यो बेला बेलायतका धेरै बैंकहरु कोल्याप्स भएको थियो।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved