भारतमा नयाँ प्रणालीको तयारी: शेयर किनेको पैसा ब्रोकरको खातामा नगई सिधै बैंकबाटै सेटलमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 10:05:54 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय शेयर बजारको नियामक निकाय सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी)ले शेयरको दोस्रो बजारमा पनि आश्वा प्रणाली लागु गर्ने तयारी गरेको छ । सेबीले दोस्रो बजारमा पनि आईपिओमा जस्तै आश्वा प्रणाली लागु गर्ने बारेको सम्भाव्यता अध्ययन थालेको इकोनोमिक टाइम्सले जनाएको छ 

इकोनोमिक टाइम्सका अनुसार शेयर कारोबार पुरा भएपछि मात्र शेयर खरिद गर्ने लगानीकर्ताको खाता बाट पैसा काटिने प्रणाली सेबीले बनाउन चाहेको हो । हाल आईपिओमा यस्तै प्रणाली छ । आश्वा भनिने प्रणालीमा सुरुमा लगानीकर्ताले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक पर्ने रकम बैंकले ब्लक गरेर राख्छ  । तर उक्त रकम लगानीकर्ताको बैंक खातामा नै हुन्छ । शेयर खरिद भईसकेपछि उक्त रकम बैंकले काट्छ र सम्बन्धित कम्पनीको खातामा पठाउछ । नेपालमा पनि हाल यहि प्रणाली आईपिओमा छ 

सेबीले यस्तै प्रणाली दोस्रो बजारमा  ल्याउन चाहेको हो । लगानीकर्ताले शेयर गर्नु अगाडी नै ब्रोकरको खातामा पैसा पठाउँदा ब्रोकरले उक्त रकम दुरुपयोग गर्ने क्रम बढेको र शेयरको सेटलमेन्ट पनि ढिलो भएकोले सेबीले विकल्प खोजेको बताईएको छ । ब्रोकरले लगानीकर्ता रकम कम चलाओस् भन्ने सेबीको चाहना छ । सेबीले ब्रोकर बिना पैसाको लेनदेन गर्न सकिन्छ भन्ने विषयमा नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियासंग पनि छलफल गरेको बताईएको छ । 

सुरुमा यसलाई अनिवार्य नगरी स्वेच्छिक गर्ने र त्यसको रिस्पोन्स हेरेर क्रमश अनिवार्य गर्दै लैजाने नीति सेबीले लिएको जनाईएको छ । यसो गर्दा ब्रोकरबाट विरोध आउनेबार  पनि सेबी सचेत रहेको समाचारमा उल्लेख छ । केहि ब्रोकरले यस्तो गर्दा प्रणाली नै छुट्टै बनाउनु पर्ने भएकोले यसको कार्यन्वयन सहज नहुने प्रतिक्रिया दिएका छन् ।  

नेपालमा पनि बेला बखत ब्रोकरको खातामा रकम नगई सिधै बैंक मार्फत नै सेटलमेन्ट गर्नु पन्रे आवाज उठ्ने गरेको छ । तर ब्रोकरहरुले भने अधिकांश कारोबार उधारो हुने गरेको र ब्रोकरले आफुले जोखिम लिएर उधारो कारोबार गर्ने गरेकोले त्यस्तो सम्भव नहुने जिकिर गर्दै आएका छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved