९ सेकेण्डमै ढले भारतका ट्वीन टावर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 03:08:13 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको नोयडामा अवैध रुपमा बनाईएका ट्वीन टावर भनिने दुई वटा टावर (अग्ला भवन) भत्काइएको छ । सुपरटेक बिल्डरले निर्माण गरेका टावरका नाम एपेक्स र केयन राखिएका थिए । 

टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ । 

भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खाली गराईनुका साथै नजिकका सडक पनि बन्द गरिएको छ । 

सुपरटेकले आचारसंहिता उल्लंघन गर्दै ती टावर बनाएको भन्दै दायर भएको मुद्दामा भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च टावर बनाउने कम्पनी आफैँले ब्यहोर्नुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved