फेरि बढ्न सक्छ पेट्रोलियम पदार्थको मूल्य, उत्पादन कटौती गर्ने ओपेकको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2022 | 12:14:10 PM मा प्रकाशित

laxmi sunrise bank

पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र यसका सहयोगीहरू, ओपेक समूहले पेट्र्रोलियम पदार्थको उत्पादन कटौती गर्ने घोषणा गरेका छन् । मन्दीको डरले हालै घटेको तेलको मूल्यलाई बलियो बनाउन अक्टोबरमा उत्पादन थोरै कटौती गर्ने घोषणा उनीहरुले गरेका हुन्।

तेल गठबन्धनले आफ्नो सेप्टेम्बरको तुलनामा अक्टोबरमा प्रति दिन एक लाख ब्यारेलले उत्पादन कटौती गर्ने निर्णय गरेको छ । यी भनेको विश्वको कुल मागको ०.१ प्रतिशत हो । ओपेक र गैर-ओपेक मन्त्रीस्तरीय ३२औं बैठकपछि जारी गरिएको विज्ञप्तिमार्फत सो बारे जानकारी गराइएको छ ।

उत्पादन कटौती हुँदा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्छ  । त्यसको असर स्वरुप नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved