
गैरआवासीय नेपाली संघ (एनआरएनए) को
कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् ।
संघको गत मार्च महिनामा सम्पन्न १०
औं महाधिवेशनको म्याण्डेट अनुरुप थापाले आइतवार देखि संघको कार्यकारी अध्यक्ष
समालेकी हुन् । सो महाधिवेशनले बहुपदिय प्रणाली अनुरुप पहिलो ६ महिनाको कार्यकारी
भूमिका कुल आचार्यलाई दिएको थियो ।
संघको शनिवार भरर्चुअल माध्यमबाट
सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्याण्डेट अनुरुप आफुले
थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए ।
बैठकमा बोल्दै कार्यकारी अध्यक्ष
थापाले पछिल्लो ६ महिनामा आचार्यले संघको लागि गरेको योगदानको प्रशंसा गरेकी थिइन्
।
आचार्य अब संघभित्र सेरोमोनियल
अध्यक्षको रुपमा कायम रहने छन् भने ६ महिना पछि अर्का अध्यक्ष डा. बद्री केसीले
कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोवरमा हुने ११ औं महाधिवेशनमा
औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन् ।