४४ बिलियन डलरमा ट्वीटर किनेपछि एलन मस्कले हटाए सीईओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2022 | 09:47:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सञ्जाल ट्वीटरको स्वामित्व खरिद गरेपछि विश्वका धनाढ्य एलन मस्कले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत सहितका उच्च कर्मचारीलाई हटाएका छन् । 

अन्तराष्ट्रिय सञ्चार माध्यम न्यूयोर्क टाइम्स, सीएनएन र वासिङटन पोस्टका अनुसार मस्कले ट्वीटरको सेयर स्वामित्व लिएपछि उनले सीईओ पराग अग्रवाल र २ जना अन्य वरिष्ठ म्यानेजरलाई हटाएका हुन् ।

भारतीय मूलका पराग अग्रवाल २०२१ को नोभेम्बरमा ट्वीटरको सीईओ बनेका थिए । 

एलन मस्कले ट्वीटरलाई ४४ बिलियन अमेरिकी डलरमा किनेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved