२०३५ देखि यूरोपका देशमा पेट्रोल र डिजेलबाट चल्ने कारमा प्रतिबन्ध लगाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2022 | 04:34:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०३५ देखि युरोपका देशहरुमा डिजेल र पेट्रोलबाट चल्ने कारमा प्रतिबन्ध लाग्ने भएको छ । २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमा प्रतिबन्ध लगाउने प्रस्ताव यूरोपेली संघ (ईयू) बाट पारित भएको हो । 

अब विद्युतीय सवारीलाई बढाउँदै लैजान ईयूका मुलुक सहमत भएका हन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नयाँ कानुनको मस्यौदा बनाउने यूरोपेली आयोग, कानुन पारित गर्ने यूरोपियन संसद र कार निर्माता कम्पनीहरु २०३५ देखि डिजल र पेट्रोलबाट चल्ने कारमा प्रतिबन्ध लगाउन सहमत भएका छन् ।

नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने प्रस्ताव पनि ईयूबाट स्वीकृत भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved