भारतले गुगललाई तोक्यो ३७ अर्ब जरिवाना, असुल्न सक्षम होला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2022 | 09:22:31 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा स्वस्थ व्यापार प्रतिस्पर्धालाई सुनिस्चित गर्नलाई बनेको सँस्था कॉम्पिटिशन कमिशन ऑफ़ इंडिया (सीसीआई) ले गुगलमाथि जरिवाना लगाएको छ। एक हप्तामा दुई पटक कारबाही गर्दै उक्त संस्थाले गुगलबिरुद्द ३६ अर्ब ३८ करोड ४० लाख नेपाली रुपैयाँ बराबरको जरिवाना लगाएको हो। 

२० अक्टुबरमा सीसीआई ले गुगलबिरुद्द २१ अर्ब ४० करोड जरिवाना लगाएको थियो। फेरि लगत्तै २५ अक्टुबरमा गुगलमाथि सीसीआईले थप १४ अर्ब ९८ करोड जरिवाना लगाएको थियो। गुगलमाथि एन्ड्रोइड मोबाइल उपकरणको कारोबारमा आफ्नो दबदबाको गलत फाइदा उठाएको कारण जरिवाना लगाइएको सीसीआई ले जनाएको छ।  

जरिवानाको रकमबारे सीसीआई ले सन् २०१९ र सन् २०२० मा गुगलमाथि अनुसन्धान थालेको थियो। यद्दपि गुगलमाथिको कारबाही हात्तिको मुखमा जिरा हुने देखिन्छ। गुगलको बार्षिक कमाई २५७ अर्ब अमेरिकी डलर रहेको छ। 

गुगलमाथिको यस कारबाहीले अन्य सोसियल प्ल्याटफर्म तथा टेक्नोलोजी कम्पनीमाथि पनि खतराको संकेत देखिएको छ। भारतमा यस प्रकारको कारबाही यो नै पहिलो पटक भएको जानकारहरुको भनाइ छ। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved