
अमेरिकाको केन्द्रिय बैंक अमेरिकी फेडरल रिजर्भले फेरी ब्याजदर बढाएको छ । फेडले बुधबार ७५ बेसीस पोइन्ट्स अर्थात् ०.७५ प्रतिशतले ब्याजदर बढाएको हो ।
अमेरिका मूल्यवृद्धि दर ४० वर्षा यता कै उच्च भएपछि फेडले निरन्तर ब्याज वृद्धि गरिरहेको छ । फेडले यसपटक गरेको ब्याजदर अन्तिम हुने अनुमान गरिएपनि फेडले पनि फेरी ब्याजदर वृद्धिको संकेत गरेको छ । यद्यपि आगामी वृद्धिदर यस पटकको भन्दा कम अंकको हुने फेडले उल्लेख गरेको छ ।
फेडले लगातार चार पटक याे दरमा ब्याजदर बढाएको सन् १९८० को दशकयता पहिलाे पटक हाे । महँगी नियन्त्रण गर्ने उपाय स्वरुप ब्याज वृद्धि गरिएको फेडले जनाएको छ ।
फेडले ब्याजदर बढाए सँगै र फेरी बढ्ने संकेत गरेपछि अमेरिका तथा एसियाली प्रशान्त क्षेत्रका शेयरबजारमा गिरावट आएको छ ।