
शनिबार सकिएको मलेसियाको आम निर्वाचनमा वरिष्ठ तथा पूराना नेता महाथिर मोहम्मद पराजित भएका छन् ।
स्वतन्त्र मलेसियाका अग्रणी नेता ९९ वर्षीया महाथिर संसदीय राजनीतिमा प्रवेश गरेको ५३ वर्षपछि पहिलोपटक चुनाव हारेका हुन् । उनी सन् १९६९ मा पहिलो पटक संसद्मा प्रवेश गरेका थिए।
आधुनिक मलेसियाका निर्माता महाथिर पराजित भएसँगै अन्तराष्ट्रिय संचार संस्था रोयर्टसले मलिसियाको ७ दशक लामो राजनीतिक इतिहासको अन्त्य भएको भनेर लेखेको छ ।
परािजत भएसँगै महाथिरले सक्रिय राजनीतिबाट बिदा लिने पक्का भएको छ । रोयर्टससँगै गत महिना उनले आफू पराजित भए सक्रिय राजनीतिमा नरहने घोषणा गरेका थिए ।
मलेसियाको निर्वाचनमा ३ पक्षीय गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो । एउटा गठबन्धनको नेतृत्व निवर्तमान संसद्को विपक्षी दलका नेता अन्वर इब्राहिम, अर्को गठबन्धनको नेतृत्व पूर्वप्रधानमन्त्री मुहिद्दीन सिन र अर्को गठबन्धनको नेतृत्व वर्तमान सत्तागठबन्धनले गरेको थियो ।
तर, कुनै पनि दलले एकल जित निकाल्न सकेनन् ।