किन बंगलादेशका ठूला परियोजनामा लगानी बढाउँदैछ चीन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2022 | 11:16:55 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशसँग आर्थिक सम्बन्ध मजबुत बनाउनको लागि चीनले आफ्नो प्रयासलाइ बढाईरहेको देखिन्छ।  जुन तरिकाले बंगलादेशमा रहेका परियोजनाको उद्घाटन चीनले गरिरहेको छ, यसले पनि त्यहाँ चीनले ठुलो लगानी गरेको र भविश्यमा थप लगानी गर्ने देखाउँछ। 

बंगलादेशसँग व्यापारिक सम्बन्ध बलियो बनाउनका लागि चीनले त्यहाँको उर्जा लगायतका ठुला पूर्वाधारमा लगानीको प्रस्ताव समेत बढाईरहेको छ। यतिमात्र नभई, दुई देशविच मुद्राको आदान प्रदानमा पनि सैदान्तिक सहमति जुटेको छ। 

कोभिडलाई लिएर अत्यन्त सम्बेदनशिलता देखाएको चीनले बंगलादेशमा यसरी लगानी बढाउनुलाई अनेक तरिकाले विश्लेषण गर्न थालिएको छ। कतै शंकाको नजरले हेरिएको छ भने कतै यसलाई आर्थिक दृष्टिले मात्रै। यद्दपी बंगलादेशको सरकारपनि अत्यन्त सावधानीपुर्वक चीनको प्रस्तावलाई स्वीकार गर्दै अगाडी बढिरहेको त्यहाँका संचार माध्यमहरुले लेखेका छन्।  भारत र जापान जस्तो एशियाली देशहरुका साथ आर्थिक सम्बन्ध विस्तार गर्ने चाहनालाई स्वीकार गर्दै चीनसँगको सम्बन्ध विस्तार कम चुनौतिपूर्ण नभएको त्यहाँका संचार माध्यममा विश्लेषण गर्न थालिएको छ। 

बंगलादेशमा चीनिया लगानी 

हालैमा बंगलादेशका लागि चीनका राजदुत ली जिमिंगले बंगलादेशमा निर्माण भएको 'सूचना तथा संचार प्रविधि केन्द्र' को उद्घाटन गरेका छन्। बंगलादेशका मन्त्री जुनेद अहमद पलकले आफुहरु बंगलादेशलाई प्रविधिमैत्री बनाउने दिशामा अगाडी बढेको ग्लोबल टाइम्सले लेखेको छ। 


त्यस्तै चीनको सहयोगमा बनेको ढाका आशुलिया एक्सप्रेसको उद्घाटन पनि भएको छ। यसको निर्माण बंगलादेशको भिजन २०४१ सँग चीनको बेल्ट एण्ड रोड परियोजनाको निरन्तरताको शानदार उदाहरण भएको चीनका राजदुत लि जिमिगले बताएको शिन्हुआ न्युज एजेन्सीले नोभेम्बर १२ मा लेखेको छ। 

त्यस्तै चीनको सहयोगमा बंग्बंधु शेख मुजिबुर रहमान टनेलको पनि उद्घाटन भएको छ। सन् २०१८ नोभेम्बर मा यसको निर्माण सुरु भएको छ। यस पुलको कुल लागत मध्ये ७० प्रतिशत लगानी चीनको हो। 

चीनले बंगलादेशमा कयौं अन्य नयाँ परियोजना सुरु गर्नलाई प्रस्ताव अगाडी बढाएको छ। यसमा उर्जा आपूर्तिदेखि नदीको परियोजना तथा बंगलादेशको चिटगाउँ क्षेत्रमा एक स्मार्ट सिटि निर्माण गर्ने समेत रहेको छ। 

बंगलादेशमा विधुतको हाहाकार पछिल्लो दुई महिनादेखि जारी छ। यसको मुख्य कारण एलपीजी ग्याँसको बढ्दो मुल्य रहेको छ। यसमा पनि चीनले आवश्यक परे सहयोगको कमी नहुने प्रतिबद्दता जनाएको छ। त्यहि भएर पनि चीनले पहिलादेखि नै बंगलादेशमा दक्षिण एसियाकै पहिलो 'विन्ड पावर फेक्ट्री' लगाउनलाई बंगलादेश सरकारसँग काम गरिरहेको छ। 

भू राजनीतिक चुनौतिको सामना गर्न तयार हुँदै चीन बंगलादेशको 'तीस्ता बैराज प्रोजेक्ट' मा लगानी बढाउने भएको छ। तिस्ता नदीको पानीको प्रयोग बंगलादेश र भारत दुवैले गर्दै आएका छन्। दुई देशबीच नदीको बाँडभाँडलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ। 

बंगलादेशले चीनको वेल्ट एण्ड रोड परियोजनालाई लिएर चीनको लगानीलाई स्वागत गरिरहेको छ। तर भारत र जापान जस्तो व्यापारीक सहयोगीसँग आफ्नो निकटतालाई कायम राखिरहन बंगलादेशलाई कम चुनौतिपूर्ण छैन। 

त्यसो त बंगलादेशकि प्रधानमन्त्री शेख हसिना सेप्टेम्बरमा भारत भ्रमणमा हुँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग 'फ्री ट्रेड एग्रिमेन्ट' मा चर्चा गरेकी थीईन। त्यो बेला शेख हसिना र मोदीले एक संयुक्त परियोजनाको उद्घाटन समेत गरेका थिए। यसका साथै बिद्युत तथा अन्य आवश्यक पूर्वाधारबारे पनि ब्यापक छलफल गरिएको थियो। चीनले लगानी बढाईरहेपनि पुरा एसियामा बंगलादेशमा बनेका बस्तुको लागि भारत सबैभन्दा ठुलो बजार हो। यतिमात्र नभई, बंगलादेश चीनपछि सबै भन्दा सामान भारतबाट नै आयात गर्दछ। 

तर सन् २०२०-२०२१ को तथ्यांकअनुसार चीन बंगलादेशको शिर्ष १० निर्यातक देशको सुचिमा परेको छैन। जबकी भारत यो सुचिमा सातौँ र जापान आठौँमा छ। सम्भवत: यहि कारण चीनले बंगलादेशले आयात गर्ने बस्तुमा आयातकर हटाउने निर्णय गरेको छ। यो नियम १ सेप्टेम्बरदेखि लागू भईसकेको छ। यसको साथै चीनका राजदुतले चीनको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन बढाउँन बंगलादेशलाइ भनेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved