भारतको केन्द्रीय बैंकले ब्याजदर बढायो, आर्थिक वृद्धिको लक्ष्य घटायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 11:00:24 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले ब्याजदर बढाएको छ। मौद्रीक नीति कमिटिको बैठकले रिपो रेटलाई ३५ बेसिसी पोइन्ट्स अर्थात् ०.३५ प्रतिशतले बढाएर ६.३५ प्रतिशत पुर्याएको हो । यस अघि ५० बेसिस पोइन्टसले ब्याज वृद्धि गरिएकोमा यस पटक पहिलेको भन्दा कम वृद्धि भएको हो रिपो रेट भनेको बैंकहरुले केन्द्रीय बैंकसँग ऋण लिंदा तिर्ने ब्याजदर हो।

त्यस्तै तरलता कायम गर्न बैंकहरुले केन्द्रीय बैंकसँग लिने सापटीको दर ३५ बेसिसी पोइन्ट्सले बढाईएको छ ।  बढ्दो मूल्य वृद्धि रोक्ने प्रयास स्वरुप केन्द्रीय बैंकले ब्याज बढाएको हो ।

भारतीय केन्द्रीय बैंकका गभर्नर शासिकांत दासले तरलताको समस्या पनि सहज हुदै गएको बताएका छन् । उनले केन्द्रीय बैंकले आर्थिक वृद्धिको यस अघिको ७ प्रतिशतको लक्ष्यलाई घटाएर ६.८ प्रतिशत कायम गरिएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved