दिल्लीमा यसरी खोसियो बीजेपीको विरासत : धार्मिक एजेण्डा असफल, जनताले रोजे विकास र सुशासन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 12:54:40 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको राजधानी रहेको दिल्ली नगर निगममा आम आदमी पार्टी (आप)ले बहुमत ल्याएर १५ वर्षअघि देखिको भारतीय जनता पार्टी (बीजेपी)को विरासत खोसेको छ ।

नगर निगमको २ सय ५० वार्डमध्ये आपले १३४ वार्ड जितेको छ भने बीजेपी जम्मा १०४ वार्डमा सीमित भएको छ । त्यससँगै कांग्रेसले जम्मा ९ वार्ड जित्न सफल भएको छ ।

दिल्ली प्रादेशिक सरकार चलाइरहेको आपले बीजेपीमाथि हावी हुनु भनेको दिल्लीमा धार्मिक एजेण्डा असफल हुनु जस्तै भएको भारतीय विश्लेषकहरूले विश्लेषण गरिरहेका छन् । एक्जिट पोलमा बीजेपीको ठूलो हार हुने बताइएको थियो तर १०४ वार्ड जोगाउन सक्नुलाई आंशिक सफलता भन्नेहरू पनि प्रशस्तै छन् ।

दिल्ली नगर निगम (एमसीडी) मा लगातार १५ वर्ष शासन गरिसकेपछि, बीजेपी नागरिक निकायको चुनावमा आपसँग पराजित भएको हो ।

बीजेपीका धेरै नेताहरूले नगर निगममा आपको बिजयले केन्द्र शासित प्रदेशमा पार्टीको भविष्य नरहेको संकेत गरिरहेका छन् । यद्यपि उनीहरूले आपले मतदानको दिन पार्टी कार्यकर्तालाई विचलित गरेको र बुथ कब्जा गरेको आरोप लगाउने गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

बीजेपीका कतिपय नेताहरूले पार्टीकै स्थानीय नेताहरूको कमजोरीका कारण पार्टीले हार बेहोरेको भन्दै कतिपयले कर्तव्य पूरा नगरेको र मतदातालाई मतदान केन्द्रसम्म पुर्‍याउन घर-घरमा गएर पर्चा बाँड्न नसकेको पनि आरोप लगाएका छन् ।

न्यूज १८ सँग कुरा गर्दै बीजेपीका केही वरिष्ठ नेताहरूले खराब टिकट वितरण आफ्नो हारको कारण रहेको बताएका छन् । कतिपय वरिष्ठ नेताले पनि सांसदसँग उचित परामर्श नगरी टिकट बाँडफाँड गरेका कारणले बीजेपी हारेको उनीहरूको तर्क छ ।

भाजपाका केही वरिष्ठ नेताहरूले राष्ट्रिय राजधानीका धेरै वार्डहरूमा मतदाताहरूको नाम र उनीहरूले मतदान गर्ने बुथहरू सहित स्लिपहरू वितरण गर्ने काम प्रभावकारी रूपमा पार्टीले गर्न नसकेको आरोप लगाए ।

धेरै पार्टी नेताहरूले दिल्ली एमसीडी चुनावको लागि बीजेपीमा नेतृत्वको अभाव भएको विश्वास गरेका छन् । हरेक तहमा धेरै शक्ति केन्द्र र समूहहरू सक्रिय भएकाले कार्यकर्ताबाट वफादारी गराउन सक्ने कुनै पनि एकताबद्ध निकाय नभएको उनीहरूको आरोप छ ।

एमसीडी चुनावले आगामी लोकसभा चुनावमा पार्टीले कस्तो प्रदर्शन गर्ने भन्ने कुनै सङ्केत नभए पनि दिल्लीमा नगरपालिकाको चुनाव हार्नु भाजपाका शीर्ष नेताहरूको लागि अझै चिन्ताको विषय हुन सक्ने विश्लेषण गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved