आइसीआइसीआई बैंककी पुर्व सीइओ चन्दा कोचर र उनका श्रीमान पक्राउ, कर्जा अपचलनको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 10:47:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भिडियोकोन समुहसँग जोडिएको मनि लंडरिंङ मामिलामा सीबीआइले आइसिआइसीआई बैंककी पुर्व मुख्य कार्यकारी अधिकृत चन्दा कोचर र उनको पति दिपक कोचरलाई पक्राउ गरेको छ। समाचार एजेन्सी पिटीआइले सीबीआइको अधिकारिलाई उदृत गर्दै यसबारे जानकारी दिएको हो। 

करिब नौ सालसम्म आइसीआइसीआइ बैंकको सीइओ र एमडी रहेकी चन्दा कोचर भिडियोकोन समुहलाई कर्जा दिएको बिषयमा आरोप लाग्दै आएको छ।   यहि आरोपमा आइसीआइसीआई की पुर्व सीइओ चन्दा कोचर र उनको पति दिपक कोचरलाई सीबिआइले पक्राउ गरेको पिटीआइले जनाएको छ। 

मिडियाले यो मामिला सबै भन्दा पहिले एक व्ह्विसल ब्लोओभर अरविन्द गुप्तामाथि आरोप लगाएपछि यो घटना बाहिर आएको हो। अरविन्द गुप्ता भिडियोकोन समुहका एक लगानीकर्ता थिए। 

२०१८ मा यससँग जोडिएको एक वित्तीय हिनामिनामाथि मिडियामा एक रिपोर्ट सार्वजनिक भएको थियो। जुन पछि राष्ट्रिय मिडियामा पनि चर्चाको बिषय बन्न पुगेको थियो। भिडियोकोन ग्रुपको पांच कम्पनीलाई आइसीआइसीआई बैंकले अप्रिल २०१२ मा ३२ अर्ब ५० करोड कर्जा दिएको मिडियामा आएका रिपोर्टमा दाबी गरिएको थियो। 

चन्दा कोचरमाथि कथित रुपमा आफ्नो श्रीमानलाई आर्थिक फाइदा पुर्याउनका लागि आफ्नो पदको दुरुपयोग गरेको आरोप लागेको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved