भारतमा आज बजेट पेश हुँदै, मोदी सरकारको अन्तिम पूर्ण बजेट हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 10:16:59 AM मा प्रकाशित

laxmi  sunrise bank

छिमेकि मुलुक भारतमा आज बजेट सार्वजानिक हुँदै छ । भरतीय बित्त मन्त्री निर्मला सितारमणले आज बिहान भारतीय समय अनुसार ११ बजे संसदमा बजेट पेश गर्ने कार्यसूची रहेको छ ।

यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालको अन्तिम पूर्ण बजेट हुने छ । भारतमा सन् २०२४ मा आम चुनाव हुँदै छ । सो समय चुनावी बजेट मात्र आउने भएकोले यो मोदी सरकारको अन्तिम पूर्ण बजेट हुने भारतीय संचार माध्यमहरुले जनाएका छन् । बित्त मन्त्री निर्मलाको यो पाचौ बजेट हुने छ ।

नरेन्द्र मोदी २०२४ पछि हुने आम चुनाव पछि पनि प्रधानमन्त्री बन्ने आशामा छन् । सो कारण यो बजेटले निम्न वर्गीय र मध्यम बर्गीय नागरिकको लागि विशेष योजनाहरु आउँन सक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

मोदीले यो बजेट आम नागरिकको आशा अनुसार आउने बताएका छन् । नागरिकको आशा र आकांक्षामा बजेट खरो उत्रने उनले बताएका छन् । उनले यो बजेट भारतको लागि मात्र नभई पुरै विश्वको लागि आशाको किरणको रुपमा आउने बताएका छन् ।

यस अघि हिजो भारतीय बित्त मन्त्री निर्मलाले संसदमा आर्थिक सर्वेक्षण पेश गरेकी थिईन्। आज उनले आर्थिक वर्ष २०२३/२४ को बजेट पेश गर्ने छिन् । यस पटक पनि उनले पेपरलेस बजेट पेश गर्ने छिन् । अर्थात् उनले कागजबाट नभई विद्युतीय डिभाइजबाट बजेट पढ्ने छिन् ।

भारतमा आर्थिक वर्ष अप्रिल १ मा सुरु भई मार्च ३१ सम्म चल्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved