ट्वीटरका मालिक इलोन मस्क सिलिकन भ्याली बैंक किन्न तयार, डिजिटल बैंक बनाउने चाहना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2023 | 09:53:35 AM मा प्रकाशित

laxmi  sunrise bank

ट्वीटरका मालिक इलोन मस्कले अमेरिकाको डुबेको बैक 'सिलिकन भ्याली बैंक' किन्न तयार भएको प्रतिकृया दिएका छन्। राजरका सीइओ मिन लिएङ्ग तानको टुइटको प्रतिकृया दिंदै मस्कले आफु सिलिकन भ्याली बैंक किन्न खुला रहेको र उक्त बैंक किनेर डिजिटल बैंक बनाउन तयार रहेको प्रतिकृया दिएका छन्। 

सीइओ मिन लिएङ्ग तान राजर कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक हुन्। गेमिंङको हार्डवयर निर्माण गर्ने, इलेक्ट्रोनिक सामान निर्माण गर्ने, वित्तीय सेवा प्रदान गर्ने  अमेरिकन सिंगापुर बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी हो। 

सिलिकन भ्याली बैंक किन्न आफु खुला रहेको प्रतिकृया दिएका इलोन मस्कले गत बर्ष मात्रै ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका थिए। 

स्टार्टअप तथा आन्टरप्रिनियरमा लगानी केन्द्रित सिलिकन फाइनान्स ग्रुपद्वारा संचालित सिलिकन भ्याली बैंक सन् २००८ को आर्थिक मन्दीपछि बन्द हुने दोस्रो ठुलो संस्था हो। सन् २००८ को आर्थिक मन्दीमा वाशिंगटन म्युचुअल फण्ड बन्द भएको थियो। 

सिलिकन भ्याली बैंकसँग २०९ अर्ब अमेरिकी डलर बराबरको सम्पती तथा १७५ अर्ब ४० करोड अमेरिकी डलर बराबरको निक्षेप भएको युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन, एफडीआईसी को स्टेटमेन्टमा उल्लेख छ। यद्दपि १७५ अर्ब ४० करोड अमेरिकी डलर निक्षेप मध्ये कति वटा  निक्षेप २ लाख ५० हजार भन्दा बढीका छन्। 

किनकि एफडीआईसी मा आबद्द बैंक वित्तीय सँस्थाको २ लाख ५० हजार अमेरिकी डलर बराबरको बीमा स्वत: हुने गर्दछ। र बैंक बन्द भएको अर्को दिन अर्थात सोमबारसम्ममा जसको निक्षेप २ लाख ५० हजार सम्म छ उनीहरुले उक्त पैसा फिर्ता पाउने समेत एफडीआईसी ले जनाएको छ। यद्दपि सिलिकन भ्याली बैंकको नाममा रहेको २०९ अर्ब अमेरिकी डलर बराबरको सम्पती कसले खरिद गर्दैछ भन्नेबारे एफडीआईसी ले केहि बोलेको छैन। 

यो पनि:

४८ घण्टामा यसरी पतन भयो अमेरिकी इतिहासमा दोस्रो ठुलो बैंक, सम्झायो तत्कालिन एनबि बैंकको घटना

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved