क्रिप्टो करेन्सीमा देखियो सिलिकन भ्याली बैंक बन्दको असर, पैसा नडुबेको क्रिप्टो कम्पनीको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2023 | 03:10:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका क्रिप्टोकरेन्सि कम्पनीहरुले शुक्रबार बन्द भएको सिलिकन भ्याली बैंकमा आफुहरुको थोरै मात्र निक्षेप रहेको प्रतिकृया दिएका छन्। शुक्रबार एक ट्वीट गर्दै क्रिप्टो करेंसी कम्पनी स्टेबलकोइन ले कुल ४० अर्ब अमेरिकी डलरमा मात्रै ३ अर्ब ३० करोड निक्षेप सिलिकन भ्याली बैंकमा रहेको प्रतिक्रिया दिएको छ। 

शुक्रबार युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन, एफडीआईसी ले सिलिकन भ्याली बैंकलाई नियन्त्रणमा लिए लगत्तै क्रिप्टो करेंसी सम्बन्धी बिभिन्न कम्पनीहरुले आ-आफ्नो धारणा बाहिर ल्याएका हुन्। 

प्रविधिको क्षेत्रमा स्टार्टअप कम्पनी तथा भेन्चर क्यापिटलमा बढी लगानी गरेको सिलिकन भ्याली बैंकमा समस्या आएपछि आम जनतामाझ करेंसी सम्बन्धी बिभिन्न कम्पनीहरुको ठुलो पैसा बैंकमा डुबेको चर्चा भएपछि त्यसको प्रतिकृया स्वरुप कम्पनीहरुले आफ्नो धारणा बाहिर ल्याएका हुन्। 

सन् २००८ को आर्थिक मन्दी यता डुब्ने दोस्रो ठुलो संस्था बनेपछि सिलिकन भ्याली बैंकसंग जोडेर धेरै घटनाहरु हुन थालेका छन्। यहि क्रममा स्टेबलकोइन ले कुल ४० अर्ब अमेरिकी डलर मध्ये ३ अर्ब ३० करोड निक्षेप सिलिकन भ्याली बैकमा रहेको प्रतिकृया दिएपछि स्टेबल कोइनको मुल्य घटेको छ। 

क्रिप्टो करेंसी सम्बन्धी अर्को कम्पनी युएसडीसीले आफुहरुको एउटा पैसा सिलिकन भ्याली बैंकमा रहेपनि सिलिकन भ्यालीमा भएको पैसा पनि फिर्ता आउन सक्ने भएकाले त्यसले ठुलो असर नपर्ने प्रतिकृया दिएको छ। 

क्रिप्टो करेंसी सम्बन्धी अरु कम्पनीहरुले भने सिलिकन भ्याली बैंकमा आफुहरुको कुनै पनि निक्षेप नरहेको र कुनै पनि सम्बन्ध नरहेको जानकारी दिंदै आफ्ना क्रिप्टो करेंसीका ग्राहकलाई विश्वास दिलाउने काम गरिरहेका छन्। 

क्रिप्टो करेंसी एक्सचेन्ज कम्पनी बिनानसेका प्रमुख कार्यकारी अधिकृतले पनि एक ट्वीट गर्दै आफुहरुको सिलिकन भ्याली बैंकसंग कुनै पनि सम्बन्ध नरहेको प्रतिक्रिया दिएका छन्। यस्तै प्रतिकृया अर्को कम्पनि टेथरका  सीइओ पाउलो एड्रीएनले दिएका छन्। 

त्यस्तै स्टेबलकोइन जारी गर्ने कम्पनी प्याक्सोस र क्रिप्टो एक्सचेन्ज कम्पनी जेमिनीले ट्वीट गर्दै आफुहरुको सिलिकन ब्याली बैकसँग कुनै सम्बन्ध नरहेको धारणा बाहिर ल्याएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved