अमेरिकामा एक हप्ता मै २ बैंक डुब्दा यी हुन् समानता र फरक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2023 | 03:08:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा सिल्भरगेट बैंक पनि डुबेको छ । सिलिकन भ्याली बैंक डुबेको चर्चा बढी भएपनि सिल्भरगेट बैंक सिलिकन भ्याली बैंकभन्दा अगाडी नै डुबेको हो ।

सिल्भरगेट बैंकले गत बुधबार नै बैंकलाई लिक्वेडेसनमा लैजाने जनाएको थियो । बैंकको सम्पूर्ण कार्यहरु बन्द गरेर बैंकलाई लिक्वेडेसनमा लैजानु नै उत्तम विकल्प हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो । बैंकले सबै निक्षेपकर्ताको रकम फिर्ता गर्ने उल्लेख गरेको थियो । सिल्भरगेट बैंकले क्रिप्टोकरेन्सी कम्पनीहरुको लागि लक्क्ष्हित् गरि काम गर्ने गरेको थियो । 

सिलिकन भ्याली बैंक र सिल्भरगेट बैंक दुवै एकै सातामा डुबे पनि यी दुई बैंक डुब्नुको प्रकृति भने फरक छ । सिलिकन भ्याली बैंक काम गर्न खोज्दा खोज्दै डुबेको हो भने सिल्भरगेटले खर्ब अवस्था आउनु भन्दा अगाडी नै आफुले नै कम्पनीलाई लिक्वेडेसनमा लैजान लागेको हो। सिलिकन भ्याली बैंकको कुल सम्पति ११ बिलियन् डलर मात्र थिओ भने सिल्भरगेटको सम्पति ११४ बिलियन डलर थियो ।

सिल्भरगेटले आफैले डिपोजिट रकम फिर्ता दिने भनेको छ । जबकी सिलिकन भ्यालीको हकमा डिपोजिट फिर्ता गराउनको लागि त्यहाँको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले बैंकलाई टेक ओभर गरेको थियो । 

यी दुई बैंकको समानता भने दुवै क्यालिफोर्नियाका बैंक हुन् भने अचानक निक्षेपकर्ताले ठूलो रकम निकाल्दा दुवै बैंकलाई समस्या परेको थियो । 

सिल्भरगेट डुब्दा शेयरधनीलाई बढी घाटा भयो र निक्षेपकर्ता सुरक्षित रहे । तर सिलिकन भ्यालीको हकमा शेयरधनीको साथ साथ निक्षेपकर्ता पनि समस्यामा पर्ने भए । कारण सिलिकन भ्याली बैंकको सबै निक्षेपको सुरक्षन गरिएको थियो । (सिएनएन र सीएनबीसीको सहयोगमा) 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved