अमेरिकामा एक हप्ताको अवधिमा २ वटा बैंक डुबेपछिराष्ट्रपति जो बाईडेनले विशेष सम्बोधन गरेका छन् । उनले आज सोमबार विशेष सम्बोधन गर्दै बैंकिङ प्रणालीलाई सुरक्षित राख्न गरिने कार्यबारे जानकारी दिएका हुन् ।
सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक डुबेपछि गरिएको सम्बोधनको क्रममा राष्ट्रपति बाईडेनले मुख्यत: निम्न ५ संदेश दिएको सीएनएनले उल्लेख गरेको छ ।
१. बैंकको निक्षेपकर्ताको निक्षेप सुरक्षित रहने छ । निक्षेपकर्ताले कुनै पनि घाटा बेहोर्नु पर्ने छैन । बैंकका निक्षेपकर्ताले आफुले चाहेको बेलामा आफ्नो निक्षेप पाउने छन् ।
२. डुबेका बैंकको व्यवस्थापन समिति खारेज गरिने छ । यदि बैंकलाई फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले नियन्त्रणमा लिएको छ भने बैंकका व्यवस्थापकहरु बैंकमा बसिरहन मिल्दैन ।
३. लगानीकर्ताको बचाऊ गरिने छैन । लगानीकर्ताले बैंकमा जोखिम लिएरै लगानी गरिएको हुन्छ । लिएको जोखिमले काम नगर्दा लगानीकर्ताले गुमाउछन् । पुँजीवाद यसरी नै चल्छ ।
४. जसको कारण बैंक डुबे अवस्था आएको हो, ति व्यक्तिलाई जिम्मेवार बनाइने छ । कोहि पनि कानुनभन्दा माथि हुने छैन ।
५. फेरी बैंक डुब्ने अवस्था नआओस् भनेर कानुनी संरचना सुधार गरिने छ । बैंकिंग नियमनलाई थप कडाई गरिने छ ।