अमेरिकी केन्द्रीय बैंकले फेरि बढायो ब्याजदर , अब १५ वर्षयता कै उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 11:35:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याजदर वृद्धि गरेको छ । फेडरल  रिजर्भले बुधबार ब्याजदरमा ०.२५ प्रतिशत वृद्धि गरेको हो 

पछिल्लो वृद्धिसँगै अमेरिकामा केन्द्रीय बैंकको बेन्चमार्क ओभरनाइट ब्याजदर ४.७५ प्रतिशतबाट बढेर ५ प्रतिशत पुगेको र यी १५ वर्ष यता कै उच्च बिन्दु रहेको सीएनबिसीले उल्लेख गरेको छ । मूल्यवृद्धिलाई नियन्त्रण गर्नको लागि ब्याजदर वृद्धि गरिएको फेडरल रिजर्भले जनाएको छ । 

फेडरल रिजर्भले ब्याजदर वृद्धिको सिलसिला अब रोकिने संकेत गरेको सिएनबिसीले उल्लेख गरेको छ। सन् २०२२ को मार्चदेखि हालसम्म फेडले ९ पटक ब्याज वृद्धि गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved