श्रीलङ्काको अर्थतन्त्र ४.३ प्रतिशतले खुम्चिने विश्व बैंकको प्रक्षेपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 10:17:45 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलङ्कामा माग निरन्तर कम हुँदै गएको रोजगारी र आयमा कमी आएको र आपूर्तिपक्षको अवरोधले उत्पादनमा प्रतिकूल प्रभाव पारेको भन्दै विश्व बैङ्कले यहाँको अर्थतन्त्रमा सन् २०२३ मा ४.३ प्रतिशतले सङ्कुचन आउने प्रक्षेपण गरेको छ । 

आन्तरिक तथा बाह््य आर्थिक सङ्कट र वित्तीय असन्तुलन साथै तरल राजनीतिक स्थितिले देशको आर्थिक परिदृश्यमा महत्वपूर्ण अनिश्चितता पैदा गरेको छ । विश्व बैंकले आफ्नो दुई वर्षको अद्यावधिकमा देशको आर्थिक सङ्कटको मूल कारणहरूलाई सुधार गर्न र भविष्यको सङ्कटहरू रोक्न बलियो र लचिलो अर्थव्यवस्था निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस एच हदाद–जर्भोसले भने , “श्रीलङ्काको आर्थिक सङ्कटले गहिरो प्रभाव पारेको छ र सन् २०२१ देखि २०२२ को बीचमा ५० लाखभन्दा बढी रोजगारी गुमेको छ । थप २७ लाख मानिस गरिबीको रेखामुनि फसेका छन् । 

“यस सङ्कटको डरलाग्दो प्रभावबाट लामो समयसम्म पुनः उत्थान हुनुका साथै ढिलो ऋण पुनर्संरचना प्रक्रिया, सीमित बाह्य वित्तीय सहयोग र अनिश्चित विश्वव्यापी वातावरणले देशको आर्थिक वृद्धिमा गम्भीर जोखिम उत्पन्न गर्दछ,” निर्देशक हदाद–जर्भोसले भने । 

विश्व बैंकका अनुसार सन् २०२३ र त्यसपछि पनि अर्थतन्त्रले महत्वपूर्ण चुनौतीको सामना गर्नुपर्नेछ र तल्लो स्तरको बाह्य व्यापार सन्तुलनले आन्तरिक व्यापार, आर्थिक गतिविधि, रोजगारी र आयमा प्रतिकूल प्रभाव पार्न सक्छ ।

“अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक सहयोगमा सरकारको सुधार कार्यक्रमको सबल र प्रभावकारी कार्यान्वयनले आत्मविश्वास बढाउन र नयाँ पूँजी प्रवाहलाई आकर्षित गर्न सक्छ जुन रोजगारीको सम्भावना सुधार गर्न र जीविकोपार्जन पुनः स्थापनाको लागि महत्वपूर्ण छ,” विश्व बैंकले भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved