श्रीलङ्काले पर्यटनबाटै ३ महिनामा कमायो ५३ करोड डलर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2023 | 06:36:16 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलङ्काको पर्यटन आयमा सन् २०२३ को पहिलो त्रैमासिकमा वृद्धि भएको छ । श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को पहिलो तीन महिनामा करिब ५३ करोड अमेरिकी डलर प्राप्त भएको छ ।

सन् २०२२ को सोही अवधिमा श्रीलङ्काले पर्यटनबाट ४८ करोड २३ लाख अमेरिकी डलर आम्दानी गरेको थियो ।

श्रीलङ्काले मार्च महिनामा १९ करोड ८१ लाख अमेरिकी डलर आम्दानी गरेको छ भने पहिलो त्रैमासिकमा पर्यटन आय ५२ करोड ९८ लाख डलर पुगेको तथ्याङ्कले देखाएको छ । श्रीलङ्काको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, जुन यसअघि १५ लाख थियो ।

पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने विश्वका प्रमुख मुलुकमध्येको एक श्रीलङ्कामा कोभिड–१९ को महामारीका साथै आर्थिक तथा राजनीतिक सङ्कटका कारण पर्यटन क्षेत्र धरासायी भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved