पाकिस्तानले पायो रुसको साथ्, अनुदानमा तेल आयात गर्न राजी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2023 | 12:46:35 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले रुससँग अनुदानमा कच्चा तेल खरिद गर्नको लागि पहिलो आदेश दिएको छ। पाकिस्तानका पेट्रोलियम मन्त्री मलिकले यो जानकारी सार्वजनिक गरेको समाचार सँस्था रोयटर्सले जनाएको छ। 

विदेशी मुद्रा संचितिको खराब अवस्थामा रहेको पाकिस्तानका लागि यो एउटा राहतले भरिएको खबर भएको रोयटर्सले लेखेको छ।  डिसेम्बर २०२२ मा मुसादिक मलिकको एक प्रतिनिधिमण्डल रुस भ्रमणमा गएर रुससँग तेल तथा ग्यास खरिदको बिषयमा छलफल गरेको थियो। 

रुससँग अनुदानमा कच्चा तेल खरिद गर्ने भएपनि कति मुल्यमा तथा कुन मुद्रामा खरिद गर्ने भन्ने कुरा रुस र पाकिस्तानले गोप्य राखेका छन्। यद्दपि  रुस र पाकिस्तानविच दिरहाम, रुबल वा चिनियाँ करेंसी युवानमा खरिद गर्ने सहमती जुटेको हुन सक्ने अन्तराष्ट्रिय एजेन्सीहरुको आंकलन छ। 

दुवै देशविच बारटर अर्थात रुसले कच्चा तेल बिक्रि गर्दा पाकिस्तानबाट त्यति नै मुल्य बराबरको कुनै सामान खरिद गर्न सक्ने अनुमान पनि गरिएको छ। 

पाकिस्तान प्रति दिन रुससँग १ लाख ब्यारेल कच्चा तेल आयात गर्न सक्दछ। यदि सबै कुरा योजनाअनुसार अगाडी बढेको अवस्थामा पाकिस्तानले बार्षिक ३.६ करोड ब्यारेल रुससंग अनुदानमा खरिद गर्नेछ। पाकिस्तान र रुसबीच भएको यस सहमतीले पाकिस्तानमाथि अमेरिकाको प्रतिबन्धको सम्भावना बढाएको छ भने खाडी राष्ट्रसँगको पाकिस्तानको निर्भरतालाई भने घटाएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved