जनजाति महासंघ बेलायतद्वारा महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 11:25:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नेफिन युकेले आज मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत केन्द्रका संस्थापक महाबिर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो । 

नेफिनको संघीय कार्यालय काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो । त्यस अवसरमा रकम हस्तान्तरण गर्दै नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले महाबिर पुनको आविष्कार केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गर्न सानो रकम हस्तान्तरण गरिएको बताए। केन्द्रले मुलुकभित्रै महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै उनले यो अभियानमा सहभागी हुन समेत अपिल समेत गरे। 

त्यस अवसरमा उक्त रकम ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले केन्द्रले सञ्चालन गरिरहेको अभियानका विषयमा आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताए।अभियानबारे अझैपनि धेरैले नबुझेको भन्दै उनले  अभियानको वास्तविकता धेरैले नबुझेको समेत बताए। 

'राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरिरहेको यो अभियानको उद्देश्यका बारेमा बुझाउन आवश्यक छ । अभियानमा धेरैले हामीलाई हौसला सहयोग गर्नुभएको छु' उनले भने,  'केहीले यस विषयमा नबुझेर नै टिकाटीप्पणी पनि गरिरहनुभएको छ । यो अभियान २-४ वर्षको प्रोजेक्ट होइन । यसको क्षेत्र बृहत् छ । यसको समय अनन्त कालसम्मको छ । यसको वास्तविकता बुझाउन आवश्यक छ ।'

यसैगरी सो अवसरमा महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले केन्द्रले सञ्चालन गरेको अभियान महत्वपूर्ण भएको भन्दै उक्त अभियानमा सबै कुनै न कुनै रुपले सहभागी हुनुपर्ने बताए। आफ्नै प्रयासमा आफ्नै देशभित्र महाबिर पुनले सुरु गरेको अभियान महत्वपूर्ण रहेको भन्दै अध्यक्ष शेर्पाले उहाँको उद्देश्य पुरा गराउन महासंघको पुर्ण साथ, समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे। 

राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच भएको सहमति पालना हुनेमा विश्वास व्यक्त गर्दै उहाँले उक्त सम्झौता कार्यान्वयन नभए महासंघलाई जानकारी गराउन समेत आग्रह गरे। उनले भने, 'महाबिर पुनले आफ्नो देशमा सुरु गरेको अभियान राम्रो छ । उहाँहरू लाग्नुभएको छ भनेपछि केही न केही महत्व छ । उहाँहरूको उद्देश्य पुरा गराउन हामी लाग्छौु, अध्यक्ष शेर्पाले भन्नुभयो, ुसरकार र केन्द्रबीच हालै भएको सम्झौता कार्यान्वयन पक्कै हुनेछ । यदी कार्यान्वयन भएन भने हामीलाई खबर गर्नुहोला । त्यसमा हामी पहलकदमी गर्छौ ।'

त्यस अवसरमा नेफिनका महासचिव दिवश राईले केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गरेकोमा नेफिन युके शाखालाई धन्यवाद ज्ञापन गरेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved