
भारतले दुई हजार भारु नोट प्रचलनमा नल्याउने घोषणाले भारत र उसको छिमेकी मुलुक नेपाल मात्र नभई दुबईमा पनि असर परेको छ। भारतको घोषणा बाहिरिएलगत्तै संयुक्त अरब इमिरेट्सका मनी एक्सचेन्जहरुले पनि भारु दुई हजारको नोटको कारोबार रोकिदिएको टेलिग्राफले लेखेको छ।
टेलिग्राफकाअनुसार युएई पुगेका भारतीय नागरिकले दुबईमा भारुको साटा् रियाल र दिराम लिन अस्विकार गरिरहेका छन्। भारतको रिजर्ब बैंक अफ इन्डियाको निर्णयपश्चात दुबईका मनी एक्सचेन्ज अब भारू दुई हजारको नोट लिनलाई अस्विकार गर्न थालेका छन्।
अध्ययन गर्दा दुबई सरकारले भारु दुई हजारको नोट लिएर कुनै पनि आधिकारीक निर्णय लिएको छैन। यद्यपि डिलरले २००० नोट लिन नचाहेको कुराहरु भने त्यहाँ बाहिर आउन थालेको छ । दुबईको डिलरलाई स्रोत मान्दै एक पत्रिकाले युइएका कमर्शियल बैंकहरुमा दुई हजारका नोट जम्मा गर्न कठिनाई भईरहेको छ। त्यसैले त्यहाँका मनी एक्सचेन्ज र डिलरले भारु दुई हजारको नोट लिन नसक्ने जवाफ दिएका छन्।
दुबईका डिलरहरु भारु दुई हजारको नोट मात्र नभई भारु पाँच सय र एक हजारका नोट लिनलाई पनि डराई रहेको टेलिग्राफले त्यहाँको डिलरलाई उद्र्त गर्दै समाचार लेखेको छ। भारु दुई हजारको नोट प्रचलनमा नआउने भएकाले सेप्टेम्बर २०२३ भित्र आफ़ुसंग भएका नोटहरु जम्मा गर्न भारतले दिएको निर्देशनले विश्वभर भारु नोटलाई लिएर सहका उत्पन्न भैरहेको छ।
उक्त पत्रिकाले दुबई मात्र नभई अन्तराष्ट्रिय विमानस्थलमा रहेका दुबई ड्युटी फ्री पसलहरुले पनि कारोबारका लागि दुई हजार भारु नोट लिनलाई अस्विकार गरिरहेका छन्। केहि व्यक्तिले आफुसंग भएका दुई हजारको नोट बदल्नलाई आफ्नो बैंक खातामा जम्मा गर्न खोज्दा नोट परिवर्तन गर्नुको साट्टो आफुसंग भएका भारु नोट बैंक खातामा जम्मा गर्नलाई निर्दशन दिएका छन्।
कतिपयले भने पोष्ट अफिसमा २००० भारु नोट बदल्न सम्भव नभएको बताउदै उक्त पैसा आफ्नो बैंक खातामा जम्मा गर्नलाई निर्देशन दिएका छन्।
- भारतले किन गर्यो २००० को नोट फिर्ता लिने निर्णय, कस्तो पर्छ यसको असर ?
-