टर्कीको राष्ट्रपतिमा एर्दोगान निर्वाचित, २१ वर्षदेखि निरन्तर टर्कीको नेतृत्त्वमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 03:09:08 PM मा प्रकाशित

laxmi  sunrise bank

टर्कीको निर्वाचन आयोगका प्रमुखले आइतवार राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई ऐतिहासिक चुनावी मतदानमा विजयी घोषणा गरेका छन्। यससँगै टर्कीमा एर्दोगानको २० वर्षको शासन अर्को ५ वर्षको लागि थपिएको छ। यो जितसँगै एर्दोगानले सन् २०२८ सम्म टर्कीको राष्ट्रपतिको रुपमा टर्कीको नेतृत्त्व गर्नेछन।

"अस्थायी नतिजाको आधारमा, रेसेप तैयप एर्दोगान राष्ट्रपति निर्वाचित भएको निर्धारण गरिएको छ," सर्वोच्च निर्वाचन परिषद्का अध्यक्ष अहमद येनरलाई उद्धृत गर्दै अनाडोलु राज्य समाचार एजेन्सीले लेखेको छ। 

निर्वाचन आयोगको उक्त घोषणासँगै एर्दोगानले टर्कीको चुनावमा आफु विजयी भएको घोषणा गरेका छन्। टर्कीका राष्ट्रपति एर्दोगानले आफ्नो दुई दशक लामो शासनकालको सबैभन्दा कठिन चुनौती खडा गरेको ऐतिहासिक दोस्रो निर्वाचनमा आइतबार विजयी भएको घोषणा गरेका हुन्। 

"हामी आगामी पाँच वर्षको लागि देशमा शासन गर्नेछौं," एर्दोगानले इस्तानबुलको आफ्नो गृह जिल्लामा बसबाट आफ्ना समर्थकहरूलाई भने। "अल्लाह चाहन्छ, हामी तपाईंको भरोसाको योग्य हुनेछौं।"

यस चुनावमा निर्वाचित भएसंगै एर्दोगान टर्कीमा गणतन्त्र आएपछि सबै भन्दा लामो समय नेतृत्त्व गर्नेमा पहिलो बनेका छन्। सन् २००३ यता उनी तीन पटक प्रधानमन्त्री भईसकेका छन्। त्यहाँको कानुनअनुसार तीन पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने भएपछि उनले राष्ट्रपतिमा निर्वाचित हुँदै टर्कीको नेतृत्त्व लिएका हुन्।  उनले गणतन्त्र टर्कीका संस्थापक मुस्तफा केमाल अतातुर्कको १५ वर्षको राष्ट्रपति पदलाई यसअघि नै पछाडी पारेका थिए।

९६ प्रतिशत मतगणनामा एर्दोगानले ५२.३ प्रतिशत मत प्राप्त गरेका छन् भने एर्दोगानका प्रतिस्पर्धी केमाल किलिचदारोग्लुले ४७.७ प्रतिशत मत प्राप्त गरेका छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved