भारतीय मूलका अजय बङ्गाले सम्हाले विश्व बैंकको नेतृत्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 05:42:41 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय मूलका अजय बङ्गाले विश्व बैंकको नेतृत्व सम्हालेका छन् ।  उनले जुन २ अर्थात् जेठ १९ बाट विश्व बैंकको अध्यक्षको रुपमा कार्यभार सम्हालेका हुन् ।

उनको कार्यकाल पाँच वर्षको हुनेछ। उनी भारत मै जन्मिएका भए पनि हाल अमेरिकाको नागरिकता लिइसकेका छन् ।

उनले हालै जनरल एट्लान्टिकमा उपाध्यक्षको रूपमा काम गरेका छन्। यसअघि उनी लगभग २४,००० कर्मचारी भएको विश्व संस्था मास्टरकार्डका अध्यक्ष र सीईओ थिए। उनको नेतृत्वमा मास्टरकार्डले समावेशी विकास केन्द्रको सुरुवात गरेको थियो , जसले विश्वभर समतामूलक र दिगो आर्थिक वृद्धि र वित्तीय समावेशीकरणलाई अगाडि बढाएको विश्वबैंकले जनाएको छ ।

त्यस्तै उनी  इन्टरनेशनल चेम्बर अफ कमर्सको मानार्थ अध्यक्ष थिए भने सन् २०२०-२०२२ सम्म अध्यक्षको रूपमा काम गरेका थिए। उनी स्थापनाकाल देखि नै जनरल एट्लान्टिकको जलवायु-केन्द्रित कोष BeyondNetZero को सल्लाहकार थिए ।  उनी साइबर रेडिनेस इन्स्टिच्युटका सह-संस्थापक हुन् र न्यूयोर्कको इकोनोमिक क्लबका उपाध्यक्ष थिए। उनले २०१२ मा विदेश नीति संघ पदक, २०१६ मा भारतका राष्ट्रपतिद्वारा पद्मश्री पुरस्कार, सन् २०१६ मा एलिस आइल्याण्ड मेडल अफ अनर र सन् २०१९ मा बिजनेस काउन्सिल फर इन्टरनेशनल अंडरस्ट्याण्डिङ्स ग्लोबल लिडरशिप अवार्ड र सिंगापुर पब्लिक सर्भिसका विशिष्ट मित्रहरूबाट सम्मानित भएका थिए। 

विश्व बैंक समूहका अध्यक्ष इन्टरनेशनल बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट (IBRD) को  अध्यक्ष पनि रहने छन्।  विश्व बैंकको अध्यक्ष इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) ,  इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी), बहुपक्षीय लगानी ग्यारेन्टी एजेन्सी (एमआईजीए), र एडमिनिसट्रेटिभ काउन्सिल अफ द इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिसप्युट्स इअईसीएसआईडि) को पनि पदेन अध्यक्ष रहने व्यवस्था छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved