हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2024 | 10:48:02 AM मा प्रकाशित

इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

तेहरान टाइम्सका अनुसार हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । समाचारका अनुसार बाक्लो कुहिरोका कारण हेलिकप्टर दुर्घटना भएको थियो। 

यसअघि पनि सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा जीवनको कुनै संकेत नभएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका थिए ।

दुर्घटनास्थल तेहरानबाट ६०० किलोमिटर टाढा छ। पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न ४० विभिन्न टोली परिचालन गरिएको छ ।बाक्लो कुहिरो र वर्षाका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

राहत तथा उद्धार कार्यमा संलग्न टोलीले सोमबार बिहान दुर्घटनास्थल पत्ता लगाएका थिए । दुर्घटनाअघि इरानी राष्ट्रपति राईसी र अजरबैजानका राष्ट्रपतिले दुई देशको सीमामा रहेको बाँधको उद्घाटन गरेका थिए । बीबीसी

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved