पातलो फोन ल्याउने योजनामा एप्पल,सन् २०२५ सम्म सार्वजनिक हुने सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2024 | 01:07:45 PM मा प्रकाशित

laxmi  sunrise bank

एप्पलले आईफोनको पातलो संस्करणको विकास गर्ने योजना बनाइरहेको छ ।

यो पातलो आईफोनमा ६.६ इन्चको स्क्रिन, एल्युमिनियम फ्रेम रहने बताइएको छ । उक्त संस्करणको यो एन्ड्रोइड फोन सन् २०२५ सम्म सार्वजनिक हुने छ ।उक्त परियोजनामा काम गरिरहेका व्यक्तिलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार एप्पलले सन् २०२५ सम्म पातलो आईफोन ल्याउने सम्भावना छ।

 यो आईफोन एप्पलले अहिलेसम्म जारी गरेको सबैभन्दा महँगो मोडेल हुन सक्ने आकलन छ ।पातलो संस्करणको मूल्य आईफोन प्रो म्याक्सभन्दा बढी हुने सम्भावना छ ।

यो संस्करणको फोन सन् २०२५ को सेप्टेम्बरमा आईफोन १७ सँग सार्वजनिक हुने अपेक्षा छ ।कोड नाम डी २३ बाट एप्पलले आइफोनका विभिन्न डिजाइनहरुको परीक्षण गरिरहेको छ । त्यसमा कम्पनीको सबैभन्दा पछिल्लो पुस्ताको प्रोसेसर ए-१९ रहनेछ ।

तर यस बारे रोयटर्सले जिज्ञासा राख्दा कम्पनीले यस विषयमा कुनै पनि प्रतिक्रिया नजनाएको बताएको छ । पछिल्लो समयमा एप्पलले चिनियाँ कम्पनी हुवावे र  सामसुङसँग तीव्र प्रतिस्पर्धा गरिरहेको छ ।

सन् २०२४ को पहिलो त्रैमासिकमा विश्व स्मार्टफोन बजारमा सर्वाधिक हिस्सा सामसुङको छ । दक्षिण कोरियाली कम्पनी सामसुङले २०.८ प्रतिशत बजार हिस्सा कब्जा गर्दा दोस्रो स्थानमा एप्पलको १७.३ प्रतिशत छ । एजेन्सी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved