विश्वकै सबैभन्दा महँगो प्वाँख, एउटै प्वाँखको मूल्य २८ हजार ४१७ डलर !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2024 | 05:08:44 PM मा प्रकाशित

laxmi  sunrise bank

हाल लोप भइसकेको ‘हुईआ’ नामक चराको एउटा प्वाँख २८ हजार ४१७ अमेरिकी डलरमा बिक्री भएको छ।

कुनै प्वाँखले अहिलेसम्म पाएको त्यो सर्वाधिक रकम हो।न्यूजील्यान्डमा लिलामी हुन लाग्दा उक्त प्वाँखले ३ हजार डलरसम्म मूल्य पाउने ठानिएको थियो।

यसअघि पनि ‘विश्वको सबैभन्दा महँगो प्वाँख’ हुईआ चराकै थियो। तर हाल बिक्री भएको प्वाँखले पुरानो प्वाँखभन्दा ४५० प्रतिशत  बढी मूल्य पाएको वेब्स अक्शन हाउसले बताएको छ।

यो प्वाँखलाई उच्च हैसियतको प्रतीकको रूपमा लिने गरिन्छ  ।म्यूजीअम अफ न्यूजील्यान्डका अनुसार प्रामाणिक रूपमा यो चरा सन् १९०७ मा अन्तिम पटक देखिएको थियो।

त्यसको २०/३० वर्षपछि पनि उक्त जातको चरा देखिएको बताइए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन। बीबीसी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved