चिप्स उद्योगलाई प्रोत्साहन गर्न दक्षिण कोरियाद्वारा १९ अर्ब डलरको प्याकेज घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2024 | 01:31:46 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको  प्याकेज घोषणा गरेको छ । 

राष्ट्रपति युन सुक योलले बिहीबार देशको महत्वपूर्ण सेमीकन्डक्टर उद्योगका लागि १९ अर्ब डलरको सहयोग योजना ल्याउने बताएका छन्।यहाँ सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता विश्वमा धेरै मेमोरी कार्ड र चिप्स उत्पादन गर्ने ख्यातिप्राप्त कम्पनीहरू छन् ।

दक्षिण कोरियाले गत वर्ष ४ खर्ब ५६ अर्ब अमेरिकी डलरको निजी लगानी प्रयोग गरेर विश्वको सबैभन्दा ठूलो चिप्स सेन्टर निर्माण गर्ने प्रतिज्ञा गरेको थियो ।

यो प्याकेजमा यसै महिनाको शुरुमा घोषणा गरिएको ७ अर्ब अमेरिकी डलर लगानी पनि समावेश छ ।

राष्ट्रपति युनले रोजगारी बढाउने र उद्योगमा थप प्रतिभा आकर्षित गर्ने आशामा चिप लगानीका लागि कर लाभ विस्तार गर्ने पनि बताएका छन् ।

अहिले त्यहाँ ‘मेगा चिप्स क्लस्टर’ पनि निर्माण भइरहेको छ । कोरिया सरकारले यो विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर बनाउने उद्योग हुने र लाखौं रोजगारी सृजना गर्ने दावी गरेको छ ।

खासगरि सेमीकन्डक्टर उत्पादन आवश्यकता अनुसार हतियार निर्माणका सामग्री निर्माणमा उपयोग गरिने छ  ।नयाँ प्याकेजका लागि कोरिया विकास बैंकमार्फत ‘१७ ट्रिलियन वोनको नयाँ सेमीकन्डक्टर वित्तीय सहायता कार्यक्रम सञ्चालन हुनेछ ।

कम्पनीहरूले नयाँ कारखाना र लाइन विस्तारजस्ता सुविधाहरूमा ठूलो रकम लगानी गर्दा तरलताको समस्या उत्पन्न हुने भएकाले कोरिया विकास बैंकको सहयोगमा लगानी विस्तार गरिने योजना छ ।

यो योजनाले एक ट्रिलियन वोन बराबरको ‘सेमीकन्डक्टर पारिस्थितिक कोष’ पनि  सृजना गर्ने अपेक्षा गरिएको छ  । यसले फ्यावलेस (हार्डवेयर यन्त्र र अर्धचालक चिपहरूको उत्पादन र बिक्री) का क्षेत्रमा काम गर्ने कम्पनी र उद्योगसँग सम्बन्धित साना र मझौला उद्यमहरूलाई सहयोग गर्नेछ ।

यसै महिनाको कोरियाले चिप उद्योगलाई सहयोग गर्न ७ अर्ब डलरभन्दा बढीको सहायता प्याकेज स्थापना गर्ने घोषणा गरेको थियो । यो योजना एशियाको चौथो ठूलो अर्थतन्त्र मानिने दक्षिण कोरियाका लागि महत्वपूर्ण सेमीकन्डक्टर क्षेत्रलाई बढावा दिने अभियानको एक हिस्सा हो ।

सरकारले चिप्स, डिस्प्ले र ब्याट्रीसहित छ वटा प्रमुख प्रविधिमा ठूलो लगानी गर्न खोजिरहेको बेला यो कदम चालेको हो ।  अमेरिका, यूरोपियन यूनियन र जापान जस्ता शक्तिशाली चिप उद्योग भएका मुलु्कहरुले चिप्समा सब्सिडी कार्यक्रमअरु व्यापक रुपमा सञ्चालन गरेका छन्।एजेन्सीहरु

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved