ऊर्जा उत्पादन क्षमता बढाउँदै चीन, एक वर्षमै १४.१ प्रतिशतले वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2024 | 05:36:21 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको कुल ऊर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यसम्ममा ३.०१ अर्ब किलोवाट पुगेको छ ।

एक वर्षअघिको तुलनामा चिनियाँ ऊर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि भएको हो ।राष्ट्रिय ऊर्जा प्रशासनले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार वायु ऊर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु ऊर्जा लगभग ४ करोड ६० लाख किलोवाट(२०.६ प्रतिशत) र सौर्य ऊर्जा ६ करोड ७० लाख किलोवाट (५२.४ प्रतिशत) पुगेको छ । 

जनवरीदेखि अप्रिलसम्म चीनमा प्रमुख ऊर्जा उत्पादन उद्यमहरूले कुल १९१.२ अर्ब युआन (करिब २६.८९ अर्ब अमेरिकी डलर) को ऊर्जा आपूर्ति परियोजनामा लगानी गरेका थिए ।  यो एक वर्ष पहिलेको लगानीको तुलनामा ५.२ प्रतिशतले वृद्धि हो ।

विद्युत ग्रिड परियोजनाहरूमा चीनको लगानी चार महिनाको अवधिमा १२२.९ अर्ब युआन थियो । यो वर्षको सोहि अवधिमा लगानीमा २४.९ प्रतिशतले वृद्धि भएको छ ।  एजेन्सीहरु

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved