तेस्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको तलब कति छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2024 | 02:42:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी ले आइतबार तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिएका छन् । उनी भारतको अहिलेसम्मकै इतिहासमा जवाहरलाल नेहरूपछि लगातार तेस्रो पटक प्रधानमन्त्री हुने दोस्रो नेता पनि हुन् ।

आइतबारमात्रै उनले निक्कै तामझामका साथ शपथ ग्रहण गरे । शपथ ग्रहण समारोहमा विश्वका विभिन्न राष्ट्रप्रमुख र प्रधानमन्त्री सहभागी थिए । सो समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी भए ।

उनले शपथ लिएर तेस्रो पटक पदबहाली गर्दै गर्दा भने तपाई  हामीलाई उनको मासिक तलब चाहिं कति होला त?भन्ने जिज्ञासा आउन सक्छ ।  यसबारे भारतीय सञ्चारमाध्यम न्यूज १८ ले उनको मासिक पारिश्रमिकबारे एउटा रोचक समाचार छापेको  छ।

मोदी पदीय हैसियतमा भारतको सबैभन्दा शक्तिशाली र महत्त्वपूर्ण पदमा छन् । उनले यसकै आधारमा पनि मासिक १ लाख ६६ हजार भारु तलब पाउँछन् । यो भनेको वार्षिक करिब करिब २० लाख भारु हो । यो रकममा आधारभूत तलब ५० हजार भारु, ३ हजार भारु भत्ता खर्च हो भने ४५ हजार भारु संसदीय भत्ता र दैनिक भत्ता २ हजार पनि समावेश छ ।

यसअघि उनले आफ्नो चुनावी घोषणापत्रमा आफ्नो व्यक्तिगत सम्पत्ति ३ करोड २ लाख भारु घोषणा गरेका थिए । उनका अनुसार उक्त रकमको स्रोतमा तलब र ब्याज समावेश छन् ।यति मात्र होइन, उनले प्रधानमन्त्रीका रूपमा अरु धेरै सुविधा पनि पाउँछन् ।

न्यूज १८ का अनुसार उनी ७ लोक कल्याण मार्गस्थित सरकारी निवासमा बस्छन्। यहाँ बस्नको लागि प्रधानमन्त्रीले कुनै भाडा भने तिर्नु पर्दैन । आधिकारिक भ्रमणका लागि प्रधानमन्त्रीले एयर इन्डियाको विशेष विमान पनि पाउँछन् ।त्यस्तै उनी प्रधानमन्त्रीको हैसियतमा मर्सिडीज बेन्ज एस ६५० गार्डमा यात्रा गर्छन् । यो पूरै बुलेटप्रुफ गाडी हो । प्रधानमन्त्रीबाट हटेको पाँच वर्षसम्म मोदीले निःशुल्क बास, बिजुली र पानी पाउने छन् । 

यी हुन् विश्वमा सबैभन्दा धेरै तलब खाने प्रधानमन्त्री र  राष्ट्रपति 

१.सिंगापुरका प्रधानमन्त्रीले संसारमा सबैभन्दा धेरै तलब पाउने गरेका छन् । हालका सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङको वार्षिक पारिश्रमिक २२ लाख अमेरिकी डलर पाउँछन् ।

२. हङकङका जोन ली का–चिउ विश्वमा धेरै पारिश्रमिक थाप्नेमा दोस्रो स्थानमा छन् । उनले वर्षेनी ६ लाख ७२ हजार अमेरिकी डलर पाउँछन् ।

३.यो सूचीमा स्विट्जरल्याण्ड तेस्रो स्थानमा छ । स्वीस प्रधानमन्त्रीले हरेक वर्ष ४ लाख ९५ हजार अमेरिकी डलर पारिश्रमिक थाप्छन् ।

४. यो सूचीको चौथो स्थानमा अमेरिकी राष्ट्रपति छन् ।राष्ट्रपति जो बाइडेनले पारिश्रमिकको रुपमा वार्षिक ४ लाख अमेरिकी डलर पाउँछन् । न्यूज १८को सहयोगमा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved