टोयोटाको कार्यकारी अध्यक्षमा पुन: निर्वाचित भए टोयोडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2024 | 04:17:55 PM मा प्रकाशित

जापानी बहुराष्ट्रिय अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अकीओ टोयोडा पुन : कम्पनीको कार्यकारी अध्यक्ष बनेका छन् ।

मंगलबार सम्पन्न कम्पनीको  साधारण सभाले उनीसहित नौ जना निर्वाचित भएका छन् ।नयाँ घोटाला तथा सवारीसाधानमा सुरक्षासँग सम्बन्धित नयाँ खुलासाहरू प्रकाशमा आएदेखि टोयोटाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।अध्यक्ष पदमा निर्वाचित भएलगत्तै  टोयोडाले सवारी परीक्षण समस्याहरू समाधान गर्ने वाचा गरेका छन् । हुन त यसबारे जापानी सरकारले पनि छानबिन गरिरहेको छ।

कम्पनीका संस्थापक किइचिरो टोयोडाका नातीसमेत रहेका ६८ वर्षिय टोयोडाले सन् २००९ मा सीईओको पदभार सम्हालेका थिए ।तर उनले १५ महिना अघि मात्र सीईओ पदबाट राजीनामा दिएका थिए । अहिले कम्पनीको सीईओमा भने कोजी सातो छन् ।

यसअघि कम्पनीको अध्यक्षमा भने ताकेशी उचियामादा थिए । तर उनी कम्पनीको सञ्चालक समितिको बोर्ड सदस्य भने कायमै रहने छन् ।   विश्वको अटो बजारमा सर्वाधिक अटो बेच्ने कम्पनीको सूचीमा टोयोटा छ ।   एजेन्सी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved