हिन्दुजा परिवार माथि मुद्दा, कर्मचारीलाई भन्दा कुकुरलाई धेरै तलब !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2024 | 04:10:06 PM मा प्रकाशित

बेलायतको सर्वाधिक धनी हिन्दुजा परिवारका चार सदस्यविरुद्ध मानवतस्करी र श्रमशोषण गरेको अभियोग लागेको छ । उनीहरु विरुद्ध स्विट्जरल्यान्डमा मुद्दा चलेको छ।

उनीहरूलाई आफ्ना नोकरचाकरलाई तलब दिनभन्दा आफूले पालेको एउटा कुकुरको स्याहारसुसारमा बढी खर्च गरेको आरोप छ।हिन्दुजा परिवारको कुल सम्पत्ति झन्डै ३७ अर्ब पाउन्ड (४७ अर्ब अमेरिकी डलर) छ।उनीहरूविरुद्ध लागेको अभियोग घरायसी काम गर्न र बालबच्चाको रेखदेख गर्न भारतबाट नोकरचाकर मगाइएको विषयसँग सम्बन्धित छ।

जेनेभाको एउटा धनी इलाकामा उनीहरूको एउटा भिल्ला(घर) छ।प्रकाश र कमल हिन्दुजा दम्पती तथा तिनका छोरा अजय र बुहारी नम्रताले आफ्नो घरमा काम गर्ने मानिसहरूको पासपोर्ट खोसेर राखेको, दैनिक १८ घण्टा काम गराए पनि केवल आठ डलर मात्र पारिश्रमिक दिएको र उनीहरूलाई घरबाट बाहिर निस्किने स्वतन्त्रता नदिएको आरोप छ।उनीहरूले आफूविरुद्ध लागेको आरोप अस्वीकार गरेका छन्।

अदालतमा सरकारी वकिल ईभ बेर्टोसाले हिन्दुजा परिवारले आफ्नो कुकुरका लागि एक वर्षमा १० हजार डलर खर्च गरेको तर उनीहरूको घरमा काम गर्ने कर्मचारीलाई निकै कम दैनिक पारिश्रमिक दिएको दाबी गरे।हिन्दुजा परिवारका वकिलहरूले कम पारिश्रमिकसम्बन्धी आरोपको प्रतिवाद भने गरेका छैनन् ।

बेर्टोसाले अभियुक्तहरूलाई जेल सजाय र पीडितहरूलाई लाखौं डलर क्षतिपूर्तिको माग पनि गरेका छन्। बीबीसी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved