राष्ट्रपति दौडबाट पछि हटे जो बाइडेन,डोनाल्ड ट्रम्पलाई थप सहज होला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2024 | 08:06:34 AM मा प्रकाशित

nepal oil ltd

अमेरिकी राष्ट्रपति जो बाइडेन दोस्रो कार्यकालका लागि चुनावी दौडबाट पछि हटेका छन् ।

उनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने बताएका हुन् । उनले राष्ट्रपति चुनावको उम्मेदवारमा आफ्नै पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने पनि बताएका छन्।

अमेरिकी प्रविधि कम्पनीका सञ्चालकहरुको बढ्दो समर्थनबाट हौसिएका पूर्वराष्ट्रपति तथा राष्ट्रपतिका अर्का उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्पलाई वाइडेनको यो निर्णयपछि थप सहज हुने आकलन गरिएको छ ।ट्रम्पलाई विद्युतीय कार निर्माता कम्पनी एलन मस्कलगायत दर्जनौं उद्योग तथा व्यापारिको समर्थन छ ।

यसैबीच, उनले सामाजिक सञ्जालमा बाइडेनलाई भन्दा कमलालाई हराउन बढी सजिलो हुने लेखेका छन् ।

त्यहाँको निर्वाचनमा उद्योगी तथा व्यापारीले उम्मेदवारहरुलाई ठूलो धनराशी सहयोग गर्ने गरेका छन् ।पछिल्ला दिनमा अमेरिकी धनाढ्य र ‘टेक’ अर्बपतिहरूको ठूलो समूहले खुला रूपमै ट्रम्पप्रति समर्थन देखाउन थालेका छन् ।

बाइडेनले सामाजिक सञ्जाल एक्समार्फत आगामी नोभेम्बरमा हुने निर्वाचनको दौडबाट आफू पछि हटेको उल्लेख गरेका छन् । ‘राष्ट्रपतिका रूपमा तपाईंहरूको सेवा गर्न पाउनु मेरा लागि सबैभन्दा ठूलो सम्मान हो । मेरो पुनर्निर्वाचित हुने चाहना हुँदाहुँदै पनि म चुनावी प्रतिस्पर्धाबाट पछि हटेर बाँकी कार्यकालको जिम्मेवारी केन्द्रित हुनु पार्टी र देशको हितमा हुने मलाई विश्वास छ,’ बाइडेनले भनेका छन् ।


साथै उनले आफ्नो साढे तीन वर्षको कार्यकालमा मुलुकले उल्लेख्य प्रगति गरेको दाबीसमेत गरेका छन् । उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिसलाई पूर्ण रूपमा समर्थनसहित सहयोग गर्ने पनि बताएको बीबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ।

८१ वर्षीय बाइडेन हाल कोभिड संक्रभित भएपछि उपचार गराइरहेका छन् । उनले आफ्ना निर्णयको बारेमा थप जानकारी दिन केहि दिनपछि राष्ट्रलाई सम्बोधन गर्नेछन्।बाइडेनको उमेर र स्वास्थ्यलाई लिएर स्वयं उनकै पार्टीभित्र पनि हालैका दिनमा कडा आलोचना भइरहेको छ ।

राष्ट्रपतिका अर्का उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्पसँगका दुई वटा चुनावी बहसमा फितलो प्रस्तुति दिएको भन्दै डेमोक्रेटिक पार्टीभित्रै चर्को आलोचना भएको थियो । पूर्वराष्ट्रपति ट्रम्पले हालेका दिनमा चुनावी प्रचारप्रसारका क्रममा बाइडेन र उनको प्रशासनप्रति कडा आलोचना गर्दै आएका छन् । एजेन्सीहरु

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved