हिंसात्मक आन्दोलन चर्किपछि ओरालो लागेको बंगलादेशको शेयरबजार मंगलबारदेखि फेरि उकालो लाग्न शुरु गरेको छ ।
त्यहाँ सेनाको सक्रियतामा अर्थशास्त्री एवं लघुवित्तका पिता मोहम्मद यूनुस खाँले अन्तरिम सरकारको नेतृत्व सम्हाल्ने खबर सार्वजनिक भएलगत्तै शेयरबजार मा हरियाली छाएको छ । लगाताकाको आन्दोलनपछि प्रधानमन्त्री शेष हसिना र उनको सरकारको पतनपछि त्यहाँको शेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको हो ।
त्यहाँको बेन्चमार्क शेयर परिसूचक ढाका स्कट एक्सचेञ्ज (डीएसई) बुधबार अपरान्ह २ बजेसम्ममा १९२.३७ अङ्कले बढेर ५ हजार ६१८ विन्दुमा पुगेको छ । अघिल्लो दिन बजार बन्द हुँदाखेरीको तुलनामा २ प्रतिशत धेरै हो ।
यसैगरी, डीएसईएस परिसूचक पनि ४२.५२ अंकले बढेर१ हजार २१९.१३ विन्दुमा पुगेको छ । ब्लु–चिप इन्डेक्स डीएस ३० पनि८७ अंकको वृद्धिसहित २ हजार २२.१७ विन्दुमा पुगेर बन्द भएको छ । यो पनि अघिल्लो दिन कारोबार बन्द हुँदाखेरिको भन्दा २ प्रतिशत धेरै हो ।
बुधबारमात्रै २७ करोड टाकाभन्दा बढीको कारोबार भएको छ । त्यस्तै चटगाउँ एक्सचेन्जको स्थानीय शेयर परिसूचकहरु पनि बढेका छन् । यतिमात्र नभएर त्यहाँको अर्थतन्त्र पनि विस्तारै पूर्ववत अवस्थामा आउने क्रममा छन् ।
नोबेल पुरस्कार विजेता यूनुसलाई राष्ट्रपतिले मंगलबार राती आन्दोलनरत विद्यार्थी नेताहरुको माग बमोजिम अन्तरिम सरकार प्रमुखमा नियुक्त गरेपछि केहिदिन यतादेखि विग्रिएको राजनीतिक,सामाजिक,आर्थिक तथा सांस्कृतिक वातावरण सहज रुपमा आउन थालेको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।एजेन्सीहरु