बाङ्ग्लादेशमा मोहम्मद यूनुसको नेतृत्वमा सेना समर्थित अन्तरिम सरकार गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2024 | 08:14:09 AM मा प्रकाशित

बाङ्ग्लादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद यूनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ। ८४ वर्षीय प्राध्यापक यूनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको थियो। 

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि आन्दोलनकारी विद्यार्थीहरूको मागबमोजिमउनले देशका राष्ट्रपतिबाट बिहीवार राति यूनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन्।

उनको मन्त्रिपरिषद्‌मा १६ जना सदस्यहरू हुनेछन्। त्यसमध्ये ढाकाबाहिर रहेका बाहेकको शपथग्रहण गराइएको थियो। यूनुस बिहीवार नै स्वदेश फर्किएका थिए र लगत्तै उनले "गर्नुपर्ने काम धेरै भएको" टिप्पणी गरेका थिए। "जनताहरू उत्साहित छन्," फ्रान्सबाट ढाका पुगेको केही क्षणपछि यूनुसले भनेका थिए।

यसैबीच बाङ्ग्लादेशको सेनाले एउटा सर्कुलरमार्फत आफ्नो सहयोगमा देशभरका सबै प्रहरी चौकीका गतिविधिहरू आगामी २४ घण्टामा सुरु हुने बताएको छ।

सेनाका प्रमुखसहित नवनियुक्त प्रहरी महानिरीक्षक र अन्य सुरक्षा अधिकारीहरूको बैठकपछि अराजकता, आगजनी, ध्वंस र विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न कडा कदम चालिने निर्णय भएको जनाइएको छ।

राष्ट्रपति मोहम्मद शाहबुद्दिन र वरिष्ठ सैन्य अधिकारीहरूले आन्दोलनकारी विद्यार्थीहरूसँग वार्ता गरेपछि मोहम्मदलाई अन्तरिम सरकारको नेता छान्ने निर्णय भएको थियो। विद्यार्थीहरूले सेनाले बनाएको सरकार अस्वीकार्य हुने घोषणा गरेका थिए। यूनुसको नेतृत्वमा बाङ्ग्लादेश अधिनायकवादी शासनबाट प्रजातान्त्रिक पद्धतिमा फर्किने अपेक्षा गरिएको छ।एजेन्सीहरु


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved