चीनमा इलेक्ट्रिक कारले बिक्रीमा उछिन्यो इन्धनमा आधारित कारलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2024 | 12:44:55 PM मा प्रकाशित

चीनमा बिक्री हुने नयाँ कारमध्ये आधाभन्दा बढी इलेक्ट्रिक वा हाइब्रिड कार रहेको तथ्यांक सार्वजनिक भएको छ ।

चाइना प्यासेन्जर कार एशोसिएशनले सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाइ महिनामा चीनमा पहिलो पटक नयाँ ऊर्जा सवारी साधनहरूले मासिक आधारमा परम्परागत ईन्धनमा चल्ने यात्रु कारहरूलाई प्रतिस्थापन गर्दै बिक्री बढाएका छन् । 

नयाँ ऊर्जा सवारी साधनहरूमा ब्याट्रीमा आधारित र हाइब्रिडमा आधारित कारहरू समावेश छन्।  गत महिना चीनमा यस्ता कारहरुको बिक्री प्रतिशत ५१ रहेको छ ।

नयाँ ऊर्जा सवारी साधनको खुद्रा बिक्री जुलाईमा लगभग ३७ प्रतिशत बढेर ८ लाख ७८ हजार थान कारमा पुगेको छ।जब कि अमेरिकी ऊर्जा सूचना संघले त्यहाँ पहिलो त्रैमासिकमा नयाँ ऊर्जा वाहनहरूको बिक्री दर १८ प्रतिशत मात्र रहेको बताएको छ ।

चिनियाँ सरकारले घरेलु नयाँ ऊर्जा सवारी साधन उद्योगलाई एक दशकभन्दा बढी समयदेखि अनुदान र अनुकूल नीतिमार्फत सहयोग गर्दै आएको छ। 

चीन संसारको सबैभन्दा ठूलो कार बजार हो। तर त्यहाँ समग्ररुपमा आर्थिक वृद्धि सुस्त छ, जबकि नयाँ ऊर्जा वाहन कोटिमा तीव्र प्रतिस्पर्धाले मूल्यमा पनि प्रतिस्पर्धा बढेको छ । सीएनबीसी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved