मिलेर नयाँ प्रविधिका कार बनाउने संयुक्त योजनामा ह्युन्डाई र जीएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2024 | 03:55:40 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी अटो निर्माता कम्पनी जनरल मोटर्स(जीएम) र दक्षिण कोरियाली कार निर्माता कम्पनी ह्युन्डाई मिलेर नयाँ कार बनाउने सहमति गरेका छन् ।

नयाँ कार, आपूर्ति शृंखला र प्रविधिमा मिलेर काम गर्ने तरिकामाथि दुई पक्ष सहमत भएको भन्दै सीएनएन ले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

विश्वभर सवारी साधनबाट हुने उत्सर्जनमा नियामकहरुबाट नियमन कसिलो बनाउने क्रम जारी रहेकै बेला विश्वका ती दुई ठूला अटो निर्माता कम्पनीहरुले बिहीबार मात्रै यस्तो सहमति गरेका हुन् ।  यतिबेला विश्वभरका कार निर्माता कम्पनीहरू नयाँ विद्युतीय सवारी साधन(ईभी) र ब्याट्री प्रविधि बनाउने तिब्र दबाबमा छन् ।

नयाँ प्रविधिको अनुसन्धान र नयाँ प्रविधि विकासका लागि ती कम्पनीहरुलाई करडौं डलर खर्च गर्नुपर्ने बाध्यता पनि छ ।खासगरिकन विश्वभरका अटो कम्पनीहरुले चिनियाँ प्रतिस्पर्धिहरुबाट कडा टक्करको सामना गरिरहेका छन् ।

बिहीबार ती कम्पनीहरूले मिलेर भविष्यको स्वच्छ ऊर्जा प्रविधिमा आधारित कारको विकास गर्ने र उत्पादन गर्ने घोषणा पनि गरेका छन् । ती कम्पनीले संयुक्त रुपमा स्वच्छ ऊर्जा, विद्युतीय र हाइड्रोजनबाट चल्ने सवारी साधन बनाउने योजना पनि बनाएका छन् ।

सम्झौतापत्रमा जीएमकी अध्यक्ष तथा सीईओ मेरी बार्रा तथा ह्युन्डाई मोटरका कार्यकारी अध्यक्ष इउसन चुङले हस्ताक्षर गरेका छन् ।एजेन्सी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved