चामल र प्याजको निर्यात मूल्य हटाउने भारतको तयारी, नेपालमा भाउ घट्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2024 | 10:11:51 AM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्वको समयमा भारतले चामलमा लगाउँदै आएको न्यूनतम निर्यात मूल्य (एमईपी) हटाउने तयारी गरेको छ ।

भारत सरकारको यो निर्णयबारे त्यहाँ सञ्चारमाध्यमहरुले समाचार छापेका छन् । जसअनुसार चामल निर्यातमा लगाएको प्रतिबन्धबारे पुनर्विचार गर्ने तयारी गरिरहेको छ ।

गहुँको पिठो निर्यातमा लगाएको शुल्क खारेज गरेको कयौं दिनपछि भारतले गैरबासमती चामलको निर्यातमा लगाएको सीमा खुकुलो बनाउनेबारे छलफल थालेको छ । ब्लुम्बर्ग न्यूजले पनि यसको पुष्टि गरेको छ । उसका अनुसार भारत विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता हो । 

घरेलुस्तरमा मूल्य बढ्न थालेपछि एक वर्षअघि भारत सरकारले विदेशी बजारमा चामलको बिक्री सीमित बनाएको थियो । अक्टोबरमा नयाँ धान काटिनु अघि देशभर मौज्दातमा रहेको धान सकाउन भारतले निर्यात प्रतिबन्ध खुकुलो बनाउने भनेर जुलाईमै ब्लुम्बर्ग न्यूजले समाचार छापेको थियो ।

यसपटक भारतमा कीर्तिमानीस्तरमा धान उत्पादन हुने अनुमान छ । यसैगरी, त्यहाँको सरकारले प्याजको निर्यात शुल्क पनि ४० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम गरेको छ । बैंगलोर गुलाब प्याजमा भने निर्यात शुल्क नलाग्ने बताइएको छ । बासमती चामल र प्याजका लागि नेपाल मूलत : भारतमै निर्भर छ ।

यसअघि भारतले प्रतिमेट्रिक टन बासमती चामल निर्यातमा ९५० र प्याज निर्यातमा ५५० अमेरिकी डलर एमईपी लगाउँदै आएको थियो । साथै प्याज निर्यातमा लाग्ने शुल्क समेत आधा घट्दा नेपाली आयातकर्ता व्यवसायी र उपभोक्तालाई राहत हुने व्यवसायीहरुले आशा गरेका छन् ।

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाका अनुसार नेपालले बासमतीबाहेकका मोटा चामल निर्यातमा २० प्रतिशत निर्यात शुल्क हटाइदिन माग गरेको थियो तर भारतले बासमतीको मात्रै हटाएको छ । मोटा चामलमा लागेको निर्यात प्रतिबन्ध भारतले कायमै राखे पनि नेपालका लागि निश्चित कोटा तोकेर निर्यात अनुमति दिएको छ । एजेन्सीहरु

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved