अन्तत : ४ वर्षपछि अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2024 | 10:26:47 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड) ले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो ।

यो ब्याजदर कटौतीपछि अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस लोन सस्तो पर्न जानेछ ।विश्वव्यापी कोरोना महामारी शुरुवात भएको चार वर्षपछि फेडले पहिलो पटक ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ देखि ५.५० प्रतिशतको सीमामा थियो ।

बेरोजगार दर र मूल्यवृद्धि दुवैमा आशलाग्दो परिणाम देखिन थालेपछि फेडले ब्याजदर कटौतीको निर्णय गरेको सीएनबीसी ले आफ्नो वेबसाइटमा समाचार छापेको छ । खासगरि ब्याजदर कटौतीले श्रम बजारको मन्दी थप घटाउने उसको दाबी छ ।

 त्यहाँ बढ्दो बेरोजगारीदर र सुस्त अर्थतन्त्रका कारण गत जुलाई महिनादेखि फेडलाई ब्याजदर कटौती गर्न दबाब सृजना भएको थियो । यो कटौतीपछि मूल्यवृद्धिमा थप जोखिम नदेखिएमा सन् २०२४ को अन्त्यतिर थप ०.५० प्रतिशत विन्दु ब्याजदर कटौती हुन सक्ने अनुमान छ ।ब्याजदर कटौतीले अमेरिकी नागरिकमात्र नभएर डलरसँग जोडिएका विश्वका केन्द्रीय बैंकहरु जस्तै हङकङ र अन्य खाडीका देशहरु यो निर्णयबाट प्रभावित हुनेछन् ।

‘बेरोजगारीको कुनै जटिल समस्याविना नै मूल्य स्थिरतातिर उन्मुख छौं, यसले देखाउँछ कि हामी मूल्यवृद्धि र बेरोजगार दुवै समस्यालाई सही रुपमा सम्बोधन गर्न सक्षम रहन्छौं’ कमिटीको निर्णयपछि फेडका अध्यक्ष जेरोम एच पावेलले पत्रकार सम्मेलनमा भनेका छन् ।

त्यसैले यी देशका ऋणीहरुमा समेत फेडको ब्याजदरको कटौतीको असर पर्नेछ ।  यो निर्णयले अमेरिकी धितोपत्र बजारमा लगानी गरेका अन्य देशका लागननीकर्ता लाभान्वित हुनेछन् ।

 ब्याजदर परिवर्तनले अमेरिकी उत्पादनको लागत तथा मूल्य, कच्चा तेल, सुन, मुद्रा विनियमदरजस्ता विषयलाई प्रत्येक्ष प्रभाव पर्ने भएकाले यसको असर नेपालसहित अरु मुलुकहरूमा पनि पर्न जान्छ ।एजेन्सीहरु

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved